
बलिउड सुपरस्टार सलमान खानका प्रशंसक ‘राधे’ पछि उनको नयाँ फिल्म ‘टाइगर ३’ को व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । तर, कोरोना भाइरस र लकडाउनका कारण फिल्मको छायांकन अन्योलमा छ । निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि निर्माण टिमले मुम्बईमा बनाइएको फिल्मको भव्य सेट भत्काएको छ । जसका कारण निर्माताले ठूलो नोक्सान बेहोर्नु परेको छ ।

चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा फिल्म निर्मात्री निकिता पौडेल र उनका श्रीमान् सञ्चारकर्मी रवि लामिछानेले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले आफ्नै उपस्थितिमा १८ जना प्राविधिकलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिन् । उनले प्राविधिकहरुलाई सबैले सकेको सहयोग गर्न आग्रह गरेकी छन् ।

‘प्रेम लुकाएर कहिल्यै लुक्दैन’ भने झैँ अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको प्रेम पनि खुल्दै गएको छ । गत वर्ष पहिलो पटक एकसाथ होली मनाएपछि बजारमा उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । तर, यो जोडीले आफूहरु असल साथी मात्र रहेको रेडिमेड जवाफ फर्काउन छाडेका छैनन् । फिल्मवृतमा भने उनीहरु बिहे गर्ने तयारीमा समेत रहेको चर्चा छ ।

अभिनेता अमिताभ बच्चन र अभिनेत्री जया बच्चनका लागि आजको दिन निकै विशेष छ । किनकि, आज (३ जून) उनीहरुको विवाह वर्षगाँठ हो । उनीहरु विवाह बन्धनमा बाँधिएको ४८ वर्ष पूरा भएको छ । बलिउडको आदर्श जोडीको रुपमा चिनिने उनीहरुले एक समय कयौं सुपरहिट फिल्ममा काम गरेका थिए । उनीहरुको विवाह कुनै फिल्मको कहानीभन्दा कम रोचक छैन ।

कोरोनाका कारण अति प्रभावित क्षेत्रमा पर्छ, फिल्म क्षेत्र । करीब डेढ वर्षदेखि फिल्म क्षेत्र लकडाउनमा छ । यसपालीको दशैंपछि केही मात्रा फिल्म निर्माण र प्रदर्शन भए पनि फिल्म क्षेत्र पुरानै गतिमा फर्किन भने सकेन । दोस्रो चरणको कोरोना महामारीले त फिल्म क्षेत्र डामाडोल नै भएको छ । अब महामारी साम्य नभएसम्म फिल्म क्षेत्र पुनः सञ्चालनमा आउने सम्भावना न्यून देखिन्छ ।

अभिनेता राजेश हमालले लकडाउनमा मानसिक स्वास्थ्य उच्च राख्न दिप्स दिएका छन् । बुधवार फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले यो असामान्य परिस्थितिमा आफ्नो मानसिकतामा पनि असामान्य प्रभाव पार्न सक्ने भएकाले यस कुरामा होसियार रहन सुझाव दिएका छन् । मनलाई सकारात्मक बनाइराख्न आफूलाई इच्छा लागेको कुरामा इन्गेज हुन उनको आग्रह छ ।

