Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फिल्म निर्माणमा एक अर्बको लगानी जोखिममा छ : अशोक शर्मा

फिल्मीखबर, काठमाडौं, 2021/06/01
 
निर्देशक तथा नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले कोरोनाका कारण फिल्म निर्माणमा एक अर्बको लगानी जोखिममा रहेको बताएका छन् । ४० वटा फिल्म २ वर्षदेखि निर्माण सकिएर रिलिजका लागि तयार भएको जानकारी दिँदै उनले एउटा फिल्मको लगानी औसतमा २ करोड हुने भएकाले कोरोनाका कारण ती सबै फिल्मको लगानी जोखिममा रहेको बताएका हुन् ।
 
कोरोना महामारीपछि २२ वटा सिनेमा हल बन्द भएको र थप ३०/४० वटा हल बन्द हुने अवस्थामा रहेको पनि उनले फेसबुकमा उल्लेख गरेका छन् । यस्तो अवस्थामा सरकार गम्भीर नभए फिल्म क्षेत्र कहिल्यै नउठ्ने गरी थला पर्ने उनको भनाई छ । आर्थिक वर्ष २०७८/७९ को बजेटप्रति असन्तुष्टि जनाउँदै शर्माले संविधानको व्यवस्था अनुसार बजेट फेरबदल गर्न माग गरेका छन् । 
 
कोरोनाका कारण संकटमा परेको फिल्म क्षेत्रलाई पुनः स्थापित गर्न आर्थिक प्याकेट ल्याउन आग्रह गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘चलचित्र नबनेपछि कलाकार, प्राविधिक, लेखक, संगीतकार, गायक, गायिका सबै बेरोजगार भएका छन् । बनिसकेका चलचित्र र कोभिडअघि बन्न लागेका चलचित्रहरुमा वितरकले अग्रिम भुक्तानी वापत लगानी गरेको करोडौं रुपैयाँ जोखिममा छ ।’
 
कोभिडको समयमा मन्त्रीलगायत सरकारका प्रतिनिधिलाई भेटेर दिएको सुझाव बजेटमा नसमेटिएको उनको गुनासो छ । उनले ५ वा ६ वर्षे नीतिगत योजना चलचित्र क्षेत्रका विज्ञ तथा अग्रजहरुसँग छलफल गरी बजेटमा समावेश गर्न सुझाव दिएका छन् । आर्थिक वर्ष ०७८/७९ को बजेटमा फिल्म क्षेत्रलाई प्राथमिकता दिएकोमा केही फिल्मकर्मी खुसी छन् भने केही असन्तुष्ट देखिएका छन् ।
 

Most Visited News (monthly)