Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाहको मन महान छ : करिश्मा मानन्धर

फिल्मीखबर, काठमाडौं, 2021/06/07
अभिनेता पल शाह अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय छन् । गत वर्ष लकडाउनको समयमा उनले फिल्म प्राविधिकका लागि ५ लाख बराबरको खाद्यान्न सहयोग गरेका थिए भने बाढी पहिरो पीडितलाई पनि राहत वितरण गरेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै यतिबेला उनी कोरोनाका बिरामीका लागि निःशुल्क अक्सिजन जुटाउन दिन-रात नभनी खटिरहेका छन् । 
 
पलको यस्तो कार्यको अभिनेत्री करिश्मा मानन्धरले प्रशंसा गरेकी छन् । पल रिल र रियल दुवैको हिरो रहेको उनी बताउँछिन् । शनिवार प्राविधिकहरुलाई राहत बाँड्ने क्रममा उनले नयाँ पुस्तामा पल अरुभन्दा फरक लागेको बताइन् । उनी भन्छिन्, ‘म मेरो छोरीसँग कम्पियर गरेर भन्छु कि उनले पनि यस्तो गर्दिए हुन्थ्यो । पलले अरुको दुःख महशुस गरेको छ । त्यस्तो मन महान हुन्छ ।’
 
 
पलले हरेक पक्षलाई विचार गर्ने बानी आफूलाई मनपर्ने उनको भनाई छ । उनी अगाडि भन्छिन्, ‘अहिलेका स्टारले गीतमा काम गर्दिनँ भनेर भन्छन् । तर, जे सकिन्छ त्यो गर्नुपर्छ । अहिले हामी जुन फर्म्याटले फिल्म खिच्छौं म्यूजिक भिडियो पनि त्यसरी नै खिच्ने हो । हिरो त ऊ हिरो नै हो नी । पल त झन् अहिले दुई किसिमको हिरो भइसकेको छ । सिनेमा र रियल लाइफ दुवैको हिरो ।’
 
पलसँग दुईवटा म्यूजिक भिडियोमा काम गरिसकेकी करिश्माले उनी अभिनीत फिल्म भने हेर्न पाएकी छैनन् । तर, भिडियोमा काम गर्ने क्रममा पललाई नजिकबाट चिन्न पाएको उनी बताउँछिन् । त्यस्तै, अभिनेता पल शाहले राजेश हमाल र करिश्मा मानन्धर आफ्नो मनपर्ने अभिनेता-अभिनेत्री रहेको र म्यूजिक भिडियोमा एकसाथ काम गर्न पाउँदा एकदमै खुसी भएको बताएका छन् ।
 
‘प्रायः फिल्ममा राजेश सर र करिश्मा म्यामको जोडी हुन्थ्यो । उहाँहरु रियल लाइफमा पनि भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । फिल्म ‘ढुकढुकी’ को ‘यो ढुकढुकीको चाल यस्तै हो’ गीतमा डान्सरहरुले राजेश हमाल सर र करिश्मा म्यामलाई तानेर छुट्याउँदा मलाई एकदमै नरमाइलो लागेको थियो,’ उनी भन्छन्, ‘बच्चैदेखि स्क्रिनमा हेरेको मान्छे सामुन्ने भेट्दा भगवान नै भेटे जस्तो लाग्ने रहेछ ।’
Most Visited News (monthly)