Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षाको प्रश्न- ‘यो देशमा न्याय मरिसकेको हो ?’

फिल्मीखबर, काठमाडौं, 2021/06/08
 
अभिनेत्री वर्षा सिवाकोटीले संवेदनशील विषयमा राज्यको न्याय प्रशासनभन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु रहेको बताएकी छन् । आफ्नै ससुराबाट यौन उत्पीडन व्यहोरेर मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएको घटनाले समाजको विकृत पक्षलाई उजागर गरेको बताउँदै उनले यो देशमा न्याय मरिसकेकै हो ? भनेर प्रश्न गरेकी छन् ।
 
वर्षाले सोमवार आफ्नो फेसबुकमा लेखेकी छन्, ‘न्याय दिने निकाय किन यस्ता घटनामा क्विक एक्सनमा उत्रदैनन् ? यस्तो कारूणीक घटनालाई मसला बनाएर ययूट्युबहरु संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन् । राज्यको न्याय प्रशासनभन्दा युट्युबरको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो । अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी छ ।’
 
उनले संवेदनशील घटनालाई मजाकको विषय नबनाउन र सबै मिलेर राज्यलाई दबाब दिन आग्रह गरेकी छन् । उनले अगाडि लेख्छिन्, ‘व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ । यूट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पीडा होला ख्याल गरौं ।’ वर्षाले सामाजिक सञ्जालमा राजनीतिक, समसामयिक घटना र विभिन्न बिषयमा आफ्नो भनाई राख्दै आएकी छन् ।
 

Most Visited News (monthly)