Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

१३औं बर्षमा फिल्मीखबर डटकम

फिल्मीखबर, काठमाण्डौ, 2021/06/08
 
अनलाइन पत्रकारीताको क्षेत्रमा नयाँ आयाम बनेर आएको फिल्मीखबर डटकम आज (मंगलबार) बाट १३औं बर्षमा प्रवेश गरेको छ । नेपाली फिल्म उद्योगको प्रर्वद्धनमा निरन्तर यात्रारत यस अनलाइनमा ईस्वी संवत ९ जुन २००९ बाट औपचारिक रूपमा समाचार सम्प्रेषण हुन थालेको थियो । 
 
विभिन्न उतार चढावहरुलाई छिचोल्दै अगाडि बढेको फिल्मीखबरलाई आजसम्मको यात्रामा पाठक तथा फिल्मकर्मीले गरेको अमूल्य सहयोगलाई सम्मान गर्दै आगामी दिनमा अझ परिस्कृत र परिमार्जित गर्दै नयाँ ढाँचाको सामग्रीका साथ अगाडि बढ्ने प्रधान सम्पादक सुमन गैरेले प्रतिबद्धता जनाएका छन् । उनले आगामी दिनमा समाचारमा विविधता ल्याउने पनि बताए । 
 
प्रधान सम्पादक गैरेले फिल्मीखबर डटकम १३औं वर्षमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै भनेका छन्, ‘नेपाली फिल्म उद्योगको परिचय विस्तारको लागि, स्तरीय फिल्म निर्माणको अभियानमा मिडियाले खेल्नुपर्ने भूमिकाबाट फिल्मीखबर पछाडि हट्ने छैन । फिल्म क्षेत्रमा रहेका विकृतिलाई निरुत्साहित गर्दै तथा सकारात्मक मार्गमा प्रेरित गर्नको लागि हाम्रो यात्रा सधैं जारी नै रहनेछ ।’ 
 
फिल्मीखबर डटकमको यो यात्रामा प्रत्यक्ष/परोक्ष रूपमा साथ दिने सहकर्मी तथा फिल्मकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै सधैं साथ र सहयोगको आफूले अपेक्षा राखेको गैरेले बताएका छन् । फिल्मीखबरले १२ वर्षे यात्रामा फिल्मकर्मी र पाठकको विश्वास जित्न सफल भएको विश्वास व्यक्त गर्दै यस संस्थाका सह-संस्थापक छबि पचभैयाले आगामी दिनमा पनि यसरी नै साथ र सहयोग मिल्ने विश्वास राखेको बताए। 
 
आज नै फिल्मीखबरका प्रधान सम्पादक सुमन गैरेको जन्मदिन पनि परेको छ । उनले विभिन्न माध्यमबाट फिल्मीखबरसँगै आफूलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।
Most Visited News (monthly)