Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ये जवानी है दीवानी’ अभिनेत्रीले गरिन् गुपचुप बिहे

एजेन्सी, मुम्बई, 2021/06/07
 
अभिनेत्री एभलिन शर्माले गुपचुप रुपमा विवाह गरेकी छन् । यामी गौतमकै शैलीमा उनले पनि सिधै सोसल मिडियाबाट विवाहको तस्विर शेयर गरेकी हुन् । फिल्म ‘ये जवानी है दीवानी’ मा काम गरेपछि चर्चामा आएकी उनले प्रेमी तुषान भिन्डीलाई जीवनसाथी बनाएकी हुन् । उनीहरु लामो समयदेखि प्रेममा थिए । अहिले यो जोडीलाई सामाजिक सञ्जालमा बधाईको ओहिरो लागेको छ ।
 
एभलिनले केही समय अगाडि अष्ट्रेलिया बेस्ट तुषानसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । तुषान पेशाले डेन्टल सर्जन हुन् । कोरोना महामारीका कारण उनीहरुले एक प्राइभेट कार्यक्रम राखेका थिए, जहाँ दुई पक्षका सीमित आफन्तहरुको मात्र उपस्थिति रहेको थियो । २००६ मा एक अमेरिकन फिल्मबाट अभिनयमा डेब्यू गरेकी एभलिन जर्मन मोडल तथा अभिनेत्री हुन् ।
 
२०१२ मा ‘फर्म सिड्नी विथ लभ’ बाट बलिउडमा डेब्यू गरेकी उनको २०१२ मा ‘ये जवानी है दीवानी’ रिलिज भएको थियो । जसमा उनी रणबीर कपूर, दीपिका पादुकोण, आदित्य रोय कपूर र कल्कि केकलासँग देखिएकी थिइन् । फिल्ममा उनी रणवीरको प्रेमिका बनेकी थिइन् । उनले ‘नौटंकी साला, इश्क, कुछ कुछ लोचा हे, साहो, किस्सेबाज’ जस्ता फिल्ममा पनि काम गरेकी छन् ।
Most Visited News (monthly)