Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

म खाद्यान्नभन्दा पैसा सहयोगमा बल गर्छु : आँचल शर्मा

फिल्मीखबर, काठमाडौं, 2021/06/15
 
कोरोना भाइरसको दोस्रो महामारी सुरु भएपछि देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी छ । जसले गर्दा दिनहुँ श्रम गरेर गुजरा चलाउने वर्ग ठूलो मारमा परेका छन् । निषेधाज्ञापछि फिल्म क्षेत्रका गतिविधि ठप्प हुँदा प्राविधिकहरुको अवस्थामा पनि दयनीय छ । कतिको घरमा खाद्यान्न अभावले चुल्हो समेत बल्न छाडेको छ भने कतिले लकडाउनदेखि नै कोठाभाडा तिर्न सकेका छैनन् । 
 
कोरोनाका कारण प्राविधिकहरु समस्या रहेको खबर सार्वजनिक हुन थालेपछि देश तथा विदेशमा बस्ने फिल्मकर्मीहरुले सहयोग गरिरहेका छन् । कतिले खाद्यान्न सहयोग गरेर प्राविधिकको मुहारमा खुसी छरेका छन् भने कतिले आर्थिक सहयोग गरेका छन् । निषेधाज्ञापछि विभिन्न कलाकारले प्राविधिकलाई सहयोग गर्दा अभिनेत्री आँचल शर्माले भने अनुहारसम्म पनि देखाएकी थिइनन् ।
 
१० दिने ध्यान शिविरबाट फर्किएपछि भने उनी राहत वितरणमा अग्रसर भएकी छन् । नर्भिक अस्पतालमा उपचारार्थ अभिनेत्री तथा मोडल निशा घिमिरेलाई आइतबार भेट गरेर एक लाख सहयोग गर्ने वाचा गरेकी उनले सोमवार सयभन्दा बढी प्राविधिक, जुनियर कलाकार, होचा पुड्का संघका पदाधिकारी तथा सदस्यहरु, सुत्केरी, असक्त र केही सर्वसाधारणलाई खाद्यान्न वितरण गरिन् । 
 
‘रजतपट कोसेली अभियान’ को तेस्रो चरणको राहत वितरण गर्ने क्रममा आँचलले फिल्म क्षेत्रसँग सम्बन्धित कोही व्यक्तिलाई भोको बस्न नदिन आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । उनी भन्छिन्, ‘म केही दिन विपश्यना ध्यानमा गएका कारण राहत वितरणमा सहभागी हुन पाइनँ । विपश्यनाबाट आएपछि भने राहत वितरणमा मैले आफ्नो उपस्थिति जनाउन थालेको हुँ ।’
 
राहत बाँड्नु अत्यन्त राम्रो काम भए पनि पीडितको आवश्यकता अनुसार राहत वितरण गर्नुपर्ने उनको जोड छ । आँचल अगाडि भन्छिन्, ‘मैले बाँडेको राहत कसैलाई वालछ्याल नहोस् । कसैलाई अन्य सामाग्रीको आवश्यकता परेको हुनसक्छ । त्यसैले मैले सकेसम्म पैसा सहयोगमा नै बढी जोड दिने गरेको छु ।’ सामाजिक कार्य गर्दा मनदेखि नै आनन्द र खुसी मिल्ने उनी बताउँछन् । 
 
भिडियो :-
 

Most Visited News (monthly)