Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मकर्मीलाई ५ हजार खोप उपलब्ध गराउन निर्माता संघको माग

फिल्मीखबर, काठमाडौं, 2021/06/16
 
कोरोना महामारीका कारण शिथिल भएको फिल्म क्षेत्रलाई निषेधाज्ञा खुलेपछि गतिशिल बनाउन चलचित्र निर्माता संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग फिल्मकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पत्र बुझाउँदै ५ हजार कोभिड खोप माग गरेका हुन् । 
 
मन्त्री तामाङ फिल्मकर्मीलाई खोप उपलब्ध गराउन सकारात्मक रहेको अध्यक्ष अधिकारीले बताए । संघले स्वास्थ्य मन्त्रालयलाई बुझाएको पत्रमा भनिएको छ, ‘चलचित्रकर्मीले आजका मितिसम्म खोप उपभोग गर्न पाएका छैनन् । संघको ४ सय ५० सदस्यसहित अन्य संघ-संस्थाले उपलब्ध गराएको नामावलीको आधारमा ४ हजार ५ सयदेखि ५ हजार खोप उपलब्ध गराउन अनुरोध गर्दछौं ।’
 
 
निर्माता संघले कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै फिल्म उद्योग पनि प्रभावित भएको र यस उद्योगमा आश्रित लाखौं श्रमजीवि फिल्मकर्मी आर्थिक संकटमा परेको अवगत गराउँदै चाँडोभन्दा चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । यसअघि चलचित्र विकास बोर्डले पनि मन्त्रालयसँग फिल्मकर्मीका लागि खोप माग गरेको थियो ।
Most Visited News (monthly)