Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा कहिले पल र प्रकृतिको जोडी ?

फिल्मीखबर, काठमाडौं, 2021/06/23
 
एक समय म्यूजिक भिडियोमा निकै जमेको जोडी हो- पल शाह र प्रकृति श्रेष्ठ । उनीहरुले एकसाथ कयौं म्यूजिक भिडियोमा काम गरेका छन् । ‘आई लभ यू, पूर्णिमाको चन्द्रमालाई, तिम्रो चन्चले रुपले, को होला त्यो ?’ लगायतका गीतमा यो जोडीको केमेस्ट्री खुब रुचाइएको थियो । तर, प्रकृति विवाह बन्धनमा बाँधिएपछि भने उनीहरुको म्यूजिक भिडियोमा सहकार्य हुन सकेको थिएन ।
 
विवाहपछि श्रीमानसँग अष्ट्रेलियामा बस्दै आएकी उनले ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म हिट भए पनि उनले सफलताको क्रेडिट पाइनन् । यद्यपि, उनको सुन्दरता र अभिनयको भने निकै प्रशंसा भएको थियो । दोस्रो फिल्मको रुपमा ‘उत्सव’ मा काम गरेपछि उनी बैबाहिक जीवनमा बाँधिइन् । यसपछि उनले अभिनयलाई निरन्तरता दिन पाएका थिइनन् ।
 
प्रकृतिले फिल्ममा राम्रो काम पाइरहँदा पलले भने फिल्ममा ब्रेक पाउन सकेका थिएनन् । तर, अहिले उनी नेपाली फिल्मका ‘स्टार’ बनिसकेका छन् । प्रकृति पनि ६ वर्षपछि फिल्म ‘बिहे पास’ बाट अभिनयमा फर्किएकी छन् । निषेधाज्ञाभन्दा अगाडि पल र प्रकृतिले ‘को होला त्यो ?’ गीतको फिमेल भर्सनमा एकसाथ अभिनय पनि गरे, जुन मंगलवार यूट्युबमा सार्वजनिक भएको छ ।
 
यो जोडीलाई दर्शकले अझै कति मन पराउँछन् भन्ने कुरा उक्त गीतले यूट्युबमा पाएको आक्रामक भ्यूजबाट बुझ्न सकिन्छ । तर, कयौं म्यूजिक भिडियोमा सँगै काम गरेका उनीहरुको फिल्ममा भने जोडी बाँधिएको छैन । जसले गर्दा पल र प्रकृतिलाई फिल्ममा हेर्ने दर्शकको ठूलो इच्छा छ । यसका लागि उनीहरु पनि तयार छन् । अब निर्माता/निर्देशक पनि तयार होलान् कि ? प्रतिक्षा गरौं ।
Most Visited News (monthly)