Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिन्धु सहयोग कोष’ मा कलाकारले जुटाए एकैदिन ३२ लाख

फिल्मीखबर, काठमाडौं, 2021/06/25
 
सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको भीषण बाढीले सर्बश्व बगाएपछि सुकुमबासी भएका बाढी पीडितलाई सहायता उपलब्ध गराउन र भत्किएको संरचना पुनर्निमार्ण गर्न कलाकारहरुको पहलमा ‘सिन्धु सहयोग कोष’ गरिएको छ । बिहीबार काठमाडौंको बत्तीसपुतलीमा आयोजित कलाकारहरुको बृहद् भेलाले कोष स्थापनाको घोषणा गर्दै आर्थिक सहयोगका लागि अपिल गरेको हो ।
 
अभिनेता कृष्ण मल्ल संयोजक र अभिनेत्री करिश्मा मानन्धर सह संयोजक रहेको कोषका लागि पहिलो दिन नै ३२ लाखभन्दा बढी संकलन भएको छ । पहिलो दिन प्राप्त भएको रकमले उत्साहित भएको बताउँदै संयोजक मल्लले थप सहायताका लागि विभिन्न व्यापारिक घरानालाई पनि आग्रह गरिने बताए । संकलन भएको उक्त रकम चाँडै बैंकमा खाता खोलेर राखिने उनको भनाई छ ।
 
कोषमा करिष्मा मानन्धर, जितु नेपाल, चेतन सापकोटा, गोपालकाजी कायस्थ, जनकदीप पराजुली, किरण के.सी, सुभाष खड्का, भुवन के.सी, सुरेन्द्र के.सी, दीपाश्री निरौला, शिवहरी नेपाल, मदनदास श्रेष्ठलगायतले आर्थिक सहयोग गरेका छन् । कोषका कोषाध्यक्ष जितु नेपालले सिन्धुपाल्चोकको समस्यामा सबै एकजुट हुनुपर्ने बताउँदै स्वतः स्फूर्त सहयोगको अपिल गरेका छन् । 
Most Visited News (monthly)