Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्रकृतिलाई फ्यानको प्रश्न- ‘कहिल्यै पल शाहलाई डेट गर्नुभएको थियो ?’

फिल्मीखबर, काठमाण्डौ, 2021/06/25
 
म्यूजिक भिडियोमा दर्शकले रुचाएका जोडी थोरै मात्र छन् । जसलाई दर्शकले स्क्रिनमा पटक-पटक हेर्न चाहन्छन् । यसमध्ये एक हुन्, पल शाह र प्रकृति श्रेष्ठ । एक समय म्यूजिक भिडियोमा उनीहरु सर्वाधिक देखिन्थे । सम्भवतः प्रकृतिले पलसँग नै सबैभन्दा धेरै म्यूजिक भिडियोमा काम गरेकी छन् । उनीहरुले अभिनय गरेका कयौं गीत आज पनि दर्शकको जिब्रोमा झुन्डिएको छ । 
 
प्रकृति विवाह बन्धनमा बाँधिएपछि भने यो जोडीको झन्डै ४ वर्ष म्यूजिक भिडियोमा सहकार्य हुन सकेन । निषेधाज्ञाभन्दा अगाडि फिल्म ‘बिहे पास’ को छायांकनका लागि अष्ट्रेलियाबाट नेपाल आएको समयमा प्रकृतिले पलसँग ‘को होला त्यो ?’ गीतको फिमेल भर्सनमा अभिनय गरिन्, जुन हालै यूट्युबमा सार्वजनिक भएको छ । गीतमा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।
 
एकसाथ केही म्यूजिक भिडियो र फिल्ममा काम गरेपछि कलाकारहरुको प्रेम चर्चा चल्न सुरु हुन्छ । लगातार म्यूजिक भिडियोमा काम गरिरहँदा पल र प्रकृति पनि प्रेममा रहेको गाईंगुईं सुनिएको थियो । तर, दुवैले यसलाई नकारे । हालै इन्स्टामा एक प्रशंसकले प्रकृतिलाई ‘कहिल्यै पल शाहलाई डेट गर्नुभएको थियो ?’ भनेर सोधेका छन् । जवाफमा उनले भनेकी छन्, ‘कहिल्यै थिएन’ ।
 
अर्का प्रशंसकले पल शाहसँग फिल्म गर्ने सम्भावनाबारे सोधेको प्रश्नमा उनले आउनु पर्ने त हो भन्दै अनविज्ञता प्रकट गरेकी छन् । त्यस्तै, एक प्रशंसकले पल शाहको राम्रो र नराम्रो बानीबारे जिज्ञासा राखेका छन् । जसमा प्रकृतिले पल शाहको राम्रो बानीमा सहयोगी, मिलनसार, लगनशिल, मिहिनेती, इमानदार रहेको र नराम्रो बानीमा आफू जस्तै रिसाइहाल्ने रहेको बताएकी छन् । 
Most Visited News (monthly)