
पहिलो चरणको कोरोना महामारी र लकडाउनपछि फिल्म निर्माणमा बाढी नै आयो । हलमा दर्शक आउन डराए पनि निर्माताहरु फिल्म बनाउन डराएनन् । बजारमा फिल्म खिच्न चाहिने उपकरणहरुको हाहाकार नै भएको थियो । तर, दोस्रो चरणको कोरोना महामारीले फेरि फिल्म क्षेत्र थला पार्यो । निषेधाज्ञा हुनुभन्दा अगावैदेखि बन्द रहेको फिल्म क्षेत्र अब कहिले खुल्छ, कुनै टुंगो छैन ।

९० को दशकमा नायक बन्न अग्लो कद, लामो कपाल, सुगठित शरीर, वजनदार आवाज हुनुपर्ने मानक स्थापित थियो । धिरेन शाक्य यो मानकमा फिट थिए । फलतः पहिलो फिल्म ‘पहिलो प्रेम’ बाटै उनलाई दर्शकले नायकको रुपमा स्वीकारे । त्यसबेला नेपाली फिल्ममा राजेश हमालको चर्को बोलबाला थियो । उनको उदयपछि निर्माता/निर्देशकले हमालको विकल्प भेटेका थिए ।


कोरोना महामारीका कारण समस्यामा परेका फिल्मकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ ले अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’ को उपाधिबाट सम्मान गरेको छ । सोमवार एक कार्यक्रमका बीच उनलाई उक्त उपाधि प्रदान गरिए पनि राहत वितरणका लागि राजधानी बाहिर भएकाले पल सम्मान कार्यक्रममा उपस्थित हुन पाएका थिएनन् ।



