
कोरोना महामारीका कारण फिल्म क्षेत्र करीब डेढ वर्षदेखि कोमामा छ । लकडाउनपछि केही फिल्म निर्माण र प्रदर्शन भए पनि फिल्म क्षेत्रले गति लिन सकेन । दोस्रो चरणको कोरोना महामारी सुरु भएपछि फेरि अनिश्चितकालका लागि बन्द भएको फिल्म क्षेत्र अब कहिले खुल्छ, कुनै निश्चित छैन । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं कलाकारदेखि प्राविधिकसम्म बेरोजगार भएका छन् ।

फिल्म ‘कबीर सिंह र गूड न्यूज’ को सफलतापछि अभिनेत्री कियारा आडवाणीलाई बलिउड र साउथ फिल्मबाट प्रस्तावको ओइरो लागेको छ । हालै उनले एक पेन इन्डिया फिल्म ‘आरसी १५’ साइन गरेकी छन् । यसमा उनले साउथ फिल्मका सुपरस्टार राम चरणसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । आउँदो सेप्टेम्बरको पहिलो हप्ताबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

बिशारद बस्नेतले ‘मिस्टर भर्जिन’ बाट फिल्म निर्देशनमा डेब्यू गरेका हुन् । दोस्रो फिल्म भने ‘न यता न उता’ हो । दुर्भाग्य ! दुवै फिल्म असफल भए । तर, उनले हार मानेनन् । आफूलाई निर्देशकको रुपमा प्रमाणित गर्न उनी कोरोना महामारीपछि महिला हिंसाविरुद्ध फिल्म ‘लाल सलाम’ निर्देशन र निर्माण गर्ने तयारीमा थिए । तर, अब उनको यो सपना कहिल्यै पूरा नहुने भएको छ ।

आफ्नो अभिनय क्षमताले फिल्म क्षेत्रमा बेग्लै पहिचान बनाएकी अभिनेत्री स्वस्तिमा खड्का आइतवारबाट २६ वर्षकी भएकी छिन् । २०५२ साल असार २० गते काठमाडौंमा जन्मिएकी उनले यसपटकको जन्मदिन बाल आश्रममा मनाएकी छिन् । काठमाडौंको एक बाल आश्रमलाई खाद्यान्न सामाग्री सहयोग गर्दै उनले त्यस आश्रममा आश्रित बालबालिकासँग जन्मदिनको केक पनि काटिन् ।

बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण राव विवाहको १५ वर्षपछि अलग भएका छन् । उनीहरुले संयुक्त बयान जारी गर्दै बैबाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । शनिवार उनीहरुले ज्वाइन्ट स्टेटमेन्टमा भनेका छन्, ‘यो १५ वर्षमा हामीले जीवनभरको अनुभव, आनन्द र खुसी साझा गर्यौं । अब हामी आफ्नो नयाँ जीवनमा एक नयाँ अध्याय सुरु गर्न चाहन्छौं ।’

बलिउड इन्डस्ट्रीमा ब्लकबस्टर फिल्मको कुरा गर्दा ‘गदर’ को नाम कदापी छुट्दैन । २००१ मा रिलिज भएको यो फिल्म आज पनि दर्शकले उत्तिकै रुचाउने गर्छन् । अब यो फिल्मको सिक्वेल निर्माण हुने भएको छ । निर्देशक अनिल शर्मा यतिबेला सिक्वेलमा काम गरिरहेको भारतीय मिडियाले बताएका छन् । उनी दोस्रो पार्टमा पनि सनी देओल र अमीषा पटेललाई दोहोर्याउने तयारीमा छन् ।

