
कुनै पनि नारीले आफूलाई तबमात्र पूर्ण भएको महसुस गर्छे, जब ऊ आमा बन्छे । यसैले त आमा बन्ने कुरा सबै महिलाको लागि जीवनको ठूलो खुसी हो । अभिनेत्री प्रियंका कार्कीले पनि अहिले आमा बन्न लाग्दाको खुसी महशुस गरिरहेकी छन् । अभिनेता आयुष्मान देशराज जोशीसँग अघिल्लो वर्ष धुमधामसँग विवाह गरेकी उनी आफ्नो पहिलो सन्तानलाई जन्म दिन आतुर छिन् ।

अभिनेत्री आँचल शर्मा चाहेर होस् ना नचाहेर समाचारको पात्र बनिरहन्छिन् । केही दिनयता उनी गर्भवती रहेको खबर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ । उनी स्वयंले आमा बन्न लागेको कुराको खुलासा गरेको दाबीसहित केही अनलाइन पोर्टलहरुले समाचार छापेका छन् । उनले यस विषयमा स्पष्टिकरण दिँदै फेक न्यूजबाट टाढा रहने आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन् ।

कोरोना महामारीका कारण फिल्म निर्माण ठप्प हुँदा अधिकांश कलाकार बेरोजगार छन् । महिनौंदेखि घरभित्रै सीमित हुनुपर्दा धेरैलाई छट्पटि भएको छ । यो समयमा उनीहरुलाई सबैभन्दा बढी सुटिङ सेट मिस भइरहेको छ । फेरि कहिले एक्सन-कटमा रमाउन पाइन्छ भन्ने प्रतिक्षामा कलाकार छन् । तर, अझै केही समय फिल्म क्षेत्रमा कुनै प्रकारको गतिविधि हुने सम्भावना न्यून छ ।

बलिउडमा साउथ फिल्मको रिमेक बनाउने ट्रेन्ड नै चलेको छ । हिन्दी रिमेकले बक्सअफिसमा राम्रो कमाई गरेका कारण पनि यसतर्फ निर्माता/निर्देशकको आकर्षण बढ्दो छ । यस्तैमा, तेलुगूको ब्लकबस्टर फिल्म ‘हिट’ को पनि हिन्दी रिमेक निर्माण हुने भएको छ । फिल्ममा राजकुमार राव फाइनल भइसकेका छन् भने उनको जोडीको रुपमा सान्या मल्होत्रा देखिने भएकी छन् ।

बिहीवार साँझ आफू बस्ने अपार्टमेन्टमा मृत फेला परेकी अभिनेत्री जेनी कुँवरको अन्त्येष्टि गरिएको छ । उनको शुक्रवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । काठमाडौंको टिचिङ अस्पतालमा पोस्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली अर्पण गर्न फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरु पुगेका थिए ।

विगत एक वर्षदेखि मानसिक रोगसँग जुधिरहेकी थिइन्, अभिनेत्री जेनी कुँवर । नियमित औषधी सेवन गर्दै आएकी उनी ६ महिना विपश्यनामा समेत बसेकी थिइन् । तर, डिप्रेसनसँग लड्दा लड्दै उनले आत्महत्याको बाटो रोजेकी छन् । बिहीवार साँझ काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनी नाइलनको डोरीमा झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।

