Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवाहको १५ वर्षपछि अलग भए आमिर र किरण

फिल्मीखबर, मुम्बई, 2021/07/03
 
बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण राव विवाहको १५ वर्षपछि अलग भएका छन् । उनीहरुले संयुक्त बयान जारी गर्दै बैबाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । शनिवार उनीहरुले ज्वाइन्ट स्टेटमेन्टमा भनेका छन्, ‘यो १५ वर्षमा हामीले जीवनभरको अनुभव, आनन्द र खुसी साझा गर्‍यौं । अब हामी आफ्नो नयाँ जीवनमा एक नयाँ अध्याय सुरु गर्न चाहन्छौं ।’
 
आमिर र किरणद्वारा जारी बयानमा अगाडि भनिएको छ, ‘अब पति र पत्नीको रुपमा होइन, एकअर्काको सह माता पिता र परिवारको रुपमा रहनेछौं । हामीले केही समय पहिले एक प्लान्ड सेपरेशन सुरु गरेका छौं र अब यो व्यवस्थाको औपचारिक रुप दिन सहज महशुस गर्दैछौं । हामी आफ्नो छोरा आजादप्रति समर्पित माता-पिता हौं, जसको पालन पोषण हामी मिलेर गर्नेछौं ।’
 
उनीहरुले फिल्म, पानी फाउन्डेसन र अन्य परियोजनाहरुमा सहयोगी रुपमा काम गर्ने बताएका छन् । फिल्म ‘लगान’ को सेटमा पहिलो पटक भेट भएका आमिर र किरणले २००५ मा विवाह गरेका थिए । उनीहरुको सम्बन्ध प्रेम र विश्वासले भरिएको थियो । आजादको सरोगेसी र निकै सानदार पेरेन्टिङको मामलामा पनि उनीहरुको सम्बन्धलाई एउटा उदाहरणको रुपमा लिने गरिन्छ । 
Most Visited News (monthly)