Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गदर २’ मा सनी र अमीषालाई दोहोर्‍याउने तयारी

एजेन्सी, मुम्बई, 2021/07/02
 
बलिउड इन्डस्ट्रीमा ब्लकबस्टर फिल्मको कुरा गर्दा ‘गदर’ को नाम कदापी छुट्दैन । २००१ मा रिलिज भएको यो फिल्म आज पनि दर्शकले उत्तिकै रुचाउने गर्छन् । अब यो फिल्मको सिक्वेल निर्माण हुने भएको छ । निर्देशक अनिल शर्मा यतिबेला सिक्वेलमा काम गरिरहेको भारतीय मिडियाले बताएका छन् । उनी दोस्रो पार्टमा पनि सनी देओल र अमीषा पटेललाई दोहोर्‍याउने तयारीमा छन् । 
 
निर्देशक शर्मा ‘गदर २’ को स्क्रिप्टमा लामो समयदेखि काम गरिरहेको र चाँडै फिल्मको घोषणा हुनसक्ने इन्डिया टाइम्सले उल्लेख गरेको छ । तर, फिल्मका निर्माताले अहिलेसम्म सिक्वेलको विषयमा आधिकारिक जानकारी दिएका छैनन् । निर्देशक अनिलका छोरा उत्कर्षले ‘गदर’ मा सनी र अमीषाको छोराको भूमिका निर्वाह गरेका थिए । उनी पनि सिक्वेलमा दोहोरिने बताइएको छ ।
 
‘गदर’ १५ जून २००१ मा आमिर खान स्टारर फिल्म ‘लगान’ सँग एकसाथ रिलिज भएको थियो । यसका बावजूद पनि फिल्मले बक्सअफिसमा कयौं रेकर्ड तोडेको थियो । फिल्ममा अमरीश पुरी, सुरेश ओबेरोय, लिलेट दुबे र डली बिन्द्राको पनि मुख्य भूमिका थियो । हालै फिल्म रिलिजको २० वर्ष भएको छ । सनी र अमीषाभन्दा अगाडि गोविन्दा र काजोललाई फिल्म अफर भएको थियो ।
Most Visited News (monthly)