Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

फेरि राम चरणको जोडी बन्दै कियारा

एजेन्सी, मुम्बई, 2021/07/04
 
फिल्म ‘कबीर सिंह र गूड न्यूज’ को सफलतापछि अभिनेत्री कियारा आडवाणीलाई बलिउड र साउथ फिल्मबाट प्रस्तावको ओइरो लागेको छ । हालै उनले एक पेन इन्डिया फिल्म ‘आरसी १५’ साइन गरेकी छन् । यसमा उनले साउथ फिल्मका सुपरस्टार राम चरणसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । आउँदो सेप्टेम्बरको पहिलो हप्ताबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । 
 
कोरोनाको दोस्रो लहरका कारण राम चरण स्टारर फिल्म ‘आरआरआर’ को छायांकन पूरा हुन सकेको छैन । जसको असर ‘आरसी १५’ को छायांकनमा पर्ने देखिन्छ । ‘आरआरआर’ को छायांकन सकिएपछि उनले स्क्रिप्ट रिडिङ सेसनमा हिस्सा लिनेछन् । दिल राजूले निर्माण गर्ने फिल्म एक्सन र ड्रामाबाट भरपूर हुनेछ भने राम चरण पुलिस अफिसरको भूमिकामा प्रस्तुत हुनेछन् । 
 
फिल्मको छायांकनका लागि ६ महिनाको समय छुट्याइएको छ । आउँदो २०२२ को पहिलो महिनासम्म फिल्मको छायांकन सक्ने योजनामा निर्देशक एस शंकर छन् । उनले ‘रोवर्ट, आइ, शिवाजी’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । त्यस्तै, राम चरण र कियाराले यसअघि फिल्म ‘विनया विधेया रामा’ मा एकसाथ काम गरेका थिए, जसमा उनीहरुको केमेस्ट्री रुचाइएको थियो ।
Most Visited News (monthly)