Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6697 - 6702 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-07-08, बिहिवार

नेपाली फिल्मकी अभिनेत्री जेनी कुँवरले देहत्याग गरेकी छन् । बिहीवार साँझ ९ बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन् । उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । जेनी विगत १ बर्षदेखि डिप्रेशनमा रहेको बताइएको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ समेत भेटाएको छ ।

एजेन्सी, मुम्बई, 2021-07-08, बिहिवार

बुधवार ९८ वर्षको उमेरमा निधन भएका बलिउड अभिनेता दीलिप कुमारलाई निर्देशकको रुपमा काम गर्ने पनि ठूलो सपना थियो । उनले सन् १९९६ मा आफ्नो सपना पूरा पनि गरे । उनले पहिलो पटक फिल्म ‘कलिंग’ को निर्देशन गरेका थिए । तर, दुर्भाग्य ! न यो फिल्म रिलिज हुन सक्यो न त अहिलेसम्म छायांकन नै पूरा भएको छ । फिल्मको ७० प्रतिशत छायांकन मात्र सकिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-07-08, बिहिवार

कोरोना महामारीले नेपाली कलाकारलाई वैकल्पिक पेशा सुरु गर्नुपर्छ भन्ने सोच जन्माएको छ । किनकि, कोभिडका कारण डेढ वर्षपछि खासै गतिलोसँग फिल्म सम्बन्धि गतिविधि भएका छैनन् । दोस्रो चरणको महामारीका कारण अब फिल्म क्षेत्र चलाउनमान हुन कति समय लाग्छ भन्ने निश्चित छैन । फिल्ममै निर्भर धेरै कलाकारलाई यतिबेला जीविकोपार्जन गर्न निकै समस्या भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-07-08, बिहिवार

हाम्रो समाजमा एउटा उखान चलन चल्तीमा छ, ‘श्रीमान श्रीमतीको झगडा परालको आगो ।’ अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रशंगमा यो उखान कसरी लागू हुन्छ भन्ने धेरैलाई लागेको हुनसक्छ । किनकि, न उनीहरु श्रीमान श्रीमती हुन् न त अहिलेसम्म प्रेम सम्बन्ध नै खुलेर स्वीकार गरेका छन् । तर, यो उखानको अर्थ र सन्देशसँग उनीहरुको सम्बन्ध दुरुस्तै मिल्छ । 

फिल्मीखबर, काठमाडौं, 2021-07-07, बुधवार

अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवाल अफेयरमा रहेको कुरा अब नौलो रहेन । भलै, उनीहरुले खुलेरै प्रेम स्वीकार गरेका छैनन् तर प्रेम लुक्न पनि सकेको छैन । गत वर्ष एकसाथ होली मनाएपछि उनीहरु प्रेममा रहेको चर्चा चलेको थियो । तर, मिडियासँग भने उनीहरुले साथीको सम्बन्ध मात्र रहेको भन्ने गरेका छन् । वर्षालाई राजको हाँसीरहने बानीले घायल बनाएको छ । 

एजेन्सी, मुम्बई, 2021-07-07, बुधवार

बलिउड अभिनेता दीलिप कुमारको बुधवार निधन भएको छ । विहान साढे सात बजे मुम्बईको एक अस्पतालमा उनले अन्तिम सास लिए । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई ३० जूनमा अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउडका कलाकारहरुले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Results : 6697 - 6702 of 23775
Most Visited News (monthly)