
कोरोनाको दोस्रो लहर फैलिएसँगै गत बैशाखदेखि बन्द रहेका काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हलहरु बिहीवारबाट खुल्ने भएका छन् । काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रमुखको बुधवार बसेको बैठकले स्वास्थ्य सुरक्षाको विधि पालना गरेर सिनेमा हल खोल्न अनुमति दिएको हो । प्रशासन कार्यालयले हल खोल्न अनुमति दिएकोमा फिल्मकर्मीले खुसी व्यक्त गरेका छन् ।


राजेश हमालले नेपाली फिल्ममा पाइला टेक्दा संख्यात्मक रुपमा एक दर्जन फिल्म पनि बनेका थिएनन् । फिल्म ‘युगदेखि युगसम्म’ बाट डेब्यू गर्दैगर्दा उनलाई दोस्रो फिल्म कहाँबाट आउँछ भन्नेसम्म थाहा थिएन । उनले अँध्यारो कुवामा हामफालेका थिए । दुई वर्षको पखाईपछि उनले दोस्रो फिल्म पाए, ‘देउता’ । यो फिल्मपछि त उनले करीब दुई दशक फुर्सदको सास पनि फेर्न पाएनन् ।

तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । तर, उनको स्वास्थ्य अवस्था अझै स्थिर रहेको अस्पतालले जनाएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा निशाको उपचारमा संलग्न डा. पंकज जलानले तीन महिनामा उनको स्वास्थ्यमा खासै सुधार नआएको बताए ।

बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउडमा समेत आफ्नो उपस्थिति जनाइसकेकी छन् । उनले ‘एक्सएक्सएक्स’ फिल्मबाट हलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि बलिउड फिल्ममै व्यस्त रहेकी उनी फेरि हलिउड फिल्ममा काम गर्ने तयारीमा छन् । अमेरिकाको फिल्म निर्माण कम्पनी ‘एसटिएक्स फिल्म्स्’ ले दीपिकालाई लिएर एक रोमान्टिक-कमेडी फिल्म बनाउन लागेको हो ।

सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार ललितपुरस्थित लबिङ मलमा रहेको क्यूएफएक्स हलमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्ममा समावेश ‘पागल प्रेमी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । यस गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर, सुन्दर पन्थको शब्द र एलिस कार्कीको संगीत छ ।

