Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

निशा घिमिरेको स्वास्थ्यमा भएन सुधार

फिल्मीखबर, काठमाडौं, 2021/08/31
 
तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । तर, उनको स्वास्थ्य अवस्था अझै स्थिर रहेको अस्पतालले जनाएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा निशाको उपचारमा संलग्न डा. पंकज जलानले तीन महिनामा उनको स्वास्थ्यमा खासै सुधार नआएको बताए ।
 
निशाको उपचारमा नेपाल र नर्भिकमा उपलब्ध सबै प्रविधि, सीप तथा विधिको प्रयोग गरिए पनि स्वास्थ्यमा सुधार देखिएको डा. जलनको भनाई छ । उनको उपचारमा ५० लाख खर्च भएको समेत अस्पतालले जनाएको छ । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको नाजुक अवस्था देखेपछि जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु गराएकी थिइन् ।
 
दुर्घटनापछि घिमिरेको ब्रेन ड्यामेज भएको र लामो समय उपचारविहिन अवस्थामा राखिएकाले अहिले हरेक कोशिशका बाबजुद उनको अवस्थामा सुधार हुन नसकेको पत्रकार सम्मेलनमा जनाइयो । उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको खण्डमा एक राम्रो रिहाब सेन्टरको आवश्यकता पर्ने डा. जलानको भनाई छ । उनले निशाको स्वास्थ्य पूर्ण रुपमा सामान्य नहुने पनि जानकारी दिए ।
 
तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समयमा उनी सवारी दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि उनको लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको महंगो खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याए । उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् । 
Most Visited News (monthly)