Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6517 - 6522 of 23771
फिल्मीखबर, काठमाडौं, 2021-09-03, शुक्रवार

गत वर्ष दीवाकर भट्टराई फिल्म ‘तिमीसँगै हुने मन छ’ निर्देशनको तयारीमा थिए । फिल्मको छायांकनका लागि नायकसहितको टोली गत चैतमा भारतबाट नेपाल आएको थियो । करीब दुई साता वर्कसप पनि भयो । तर, छायांकनमा निस्कने बेला देशमा कोरोना महामारी भयावह रुपमा फैलिएपछि दीवाकरले छायांकन पोस्टपोन्ड गरे । अब कहिलेबाट छायांकन सुरु हुन्छ, टुंगो छैन ।

फिल्मीखबर, काठमाडौं, 2021-09-03, शुक्रवार

कोरोना भाइरसको संक्रमण रोकथामका लागि तीन जिल्लाका प्रशासन कार्यालयले गत बैशाख ६ गते सिनेमा घर बन्द गर्ने निर्णय गर्‍यो । त्यसबेला हलमा अभिनेता सन्दिप क्षेत्री अभिनीत फिल्म ‘श्री’ प्रदर्शनरत थियो । संक्रमण फैलिनबाट रोक्न प्रशासनले सिनेमा हल खोल्न प्रतिबन्ध लगाएपछि फिल्म एक सातामै उत्रियो । जसले गर्दा यो फिल्मले प्रचारमा भएको खर्च समेत उठाउन सकेन ।

फिल्मीखबर, काठमाडौं, 2021-09-01, बुधवार

कलाकार निशा घिमिरेको मृत्यु भएको छ । विगत तीन महिनादेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । मंगलवार मात्र नर्भिक अस्पतालले सबै प्रयासका बाबजुद पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको बताएको थियो । पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2021-09-01, बुधवार

अहिलेका चल्तीका तीन स्टार सौगात मल्ल, अनमोल केसी र पुष्प खड्का पहिलो पटक फिल्ममा एकसाथ देखिने तयारीमा छन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको एक्सन-थ्रिलर फिल्म ‘एक्स ९’ मा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । फिल्ममा उनीहरु एक्सन अवतारमा प्रस्तुत हुनेछन् । यसका लागि तीनै स्टारले बुधवार (आज) बाट एक्सन तालिम लिन सुरु गरेका छन् ।

Results : 6517 - 6522 of 23771
Most Visited News (monthly)