Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6505 - 6510 of 23771
एजेन्सी, मुम्बई, 2021-09-06, सोमवार

२०१९ मा रिलिज भएको सुपरहिट तमिल फिल्म ‘थडम’ को हिन्दी रिमेकमा अभिनेता आदित्य रोय कपूरको जोडी अभिनेत्री मृणाल ठाकुरसँग बाँधिएको छ । फिल्ममा मृणालले एक प्रहरी अधिकारीको भूमिका निर्वाह गर्नेछिन् । वास्तविक घटनामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई वर्धन केतकरले निर्देशन गर्दैछन् । यो थ्रिलर फिल्मको आउँदो अक्टोबरबाट छायांकन सुरु हुँदैछ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-09-06, सोमवार

नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले ‘नेपाल-युरोपियन फिल्म फेस्टिभल-२०२१’ (नियुफ) भर्चुअलमार्फत गर्ने जानकारी गराएको छ । असोज १ देखि ९ सम्म हुने महोत्सवको दशौँ संस्करणमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्महरू प्रदर्शन गरिने आइतवार भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

फिल्मीखबर, काठमाण्डौ, 2021-09-06, सोमवार

फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापाले सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । सोमवार काठमाडौंको एक पाँचतारे होटलमा उनीहरुले औंठी साटेका हुन् । इन्गेजमेन्ट समारोहमा हुनेवाला दुलहा र दुलही पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको जानकारी प्राप्त छ । सुदर्शनले आफ्नो जन्मदिनको अवसरमा सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2021-09-06, सोमवार

लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरेका निर्देशक हुन्, सुदर्शन थापा । उनी निर्देशित ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ नेपाली फिल्म इतिहासका माइलस्टोन फिल्म मानिन्छन् । यीनै दुई फिल्मबाट उनले दर्शकको विश्वास र भरोसा जिते भने आफूलाई अब्बल निर्देशकको रुपमा स्थापित गरे । आजको समयमा उनको फिल्म भनेपछि विश्वास गरेर हलसम्म जाने दर्शकको भीड ठूलो छ ।

फिल्मीखबर, काठमाडौं, 2021-09-05, आईतवार

गत वर्ष निषेधाज्ञाभन्दा अगाडि भारतको सिक्किममा छायांकन भएको अभिनेता द्वय सौगात मल्ल र अनुपबिक्रम शाही अभिनीत फिल्म ‘जार’ को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । आइतवार सार्वजनिक भएको पोस्टरमा फिल्मकी लिड अभिनेत्री गीताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने पृष्ठभूमिमा सौगात र अनुपलाई देख्न सकिन्छ । यो फिल्मको केन्द्रिय द्वन्द्व नै महिला पात्र हो ।

फिल्मीखबर, काठमाडौं, 2021-09-05, आईतवार

नेपालमा लोकप्रिय गायक फिल्मको नायक बनेका थुप्रै उदाहरण छन् । भुवन केसी, यश कुमार, रामकृष्ण ढकाल, उदितनारायण झा, बाबु बोगटी, प्रशान्त तामाङ लगायतका धेरै गायकले फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । तर, दुई डुंगामा खुट्टा राखेर यात्रा गर्ने गायकहरुको फिल्मी यात्रा त्यति सुखद छैन । एकाधबाहेक प्रायः को पहिलो फिल्म नै अन्तिम बन्यो ।

Results : 6505 - 6510 of 23771
Most Visited News (monthly)