Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6541 - 6546 of 23772
एजेन्सी, मुम्बई, 2021-08-27, शुक्रवार

बलिउडलाई विश्वको दोस्रो ठूलो फिल्म इन्डस्ट्री भन्ने गरिन्छ । त्यहाँ हरेक वर्ष एक हजारभन्दा बढी फिल्म निर्माण र रिलिज हुने गरेका छन् । बलिउड फिल्मले अन्य देशमा समेत आफ्नो बलियो पकड बनाइसकेको छ । क्यानडा, अमेरिका, यूरोपियन देश, अरब देशमा बलिउड फिल्म सर्वाधिक हेरिन्छ । पछिल्लो समय चीनमा समेत बलिउड फिल्मले आफ्नो बजार विस्तार गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-27, शुक्रवार

नेपाली फिल्म क्षेत्रमा कलाकारको अभिनयभन्दा पारिश्रमिकको बढी चर्चा हुन्छ । कुनै कलाकारले नयाँ फिल्म साइन गरेपछि पारिश्रमिकको खोजीनिती सुरु हुन्छ । कतिले फिल्ममा लिएको पारिश्रमिक आफैंले खुलाउने गरेका छन् भने प्रायः यसलाई गोप्य नै राख्न चाहन्छन् । पछिल्लो समय कलाकारहरुले फिल्मसँगै म्यूजिक भिडियो र विज्ञापनबाट समेत राम्रो आम्दानी गर्दै आएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-08-27, शुक्रवार

विश्वभर शुक्रवार सिनेमा हलमा फिल्म रिलिज हुने परिपाटी छ । तर, कोरोना महामारी फैलिएयता नेपालमा यो क्रम रोकिएको छ । गत वर्ष लकडाउनभन्दा अगावै बन्द रहेका सिनेमा हल ९ महिनापछि खुले । संक्रमणको दोस्रो लहर फैलिएसँगै गत बैशाखबाट फेरि बन्द रहेका हल अब कहिलेबाट खुल्छन्, कुनै टुंगो छैन । जसले गर्दा रिलिजका लागि तयार दर्जनौं फिल्म अन्योलमा छन् ।

एजेन्सी, मुम्बई, 2021-08-26, बिहिवार

सन् २०१२ मा रिलिज भएको फिल्म ‘स्टू़डेन्ट अफ द ईयर’ बाट वरुण धवनलाई अभिनेताको रुपमा डेब्यू गराएका बलिउड निर्माता करण जोहरले अब वरुणकी भतिजी अन्जिनी धवनलाई इन्डस्ट्रीमा लञ्च गर्ने तयारी थालेका छन् । अन्जिनी, निर्देशक डेविड धवनका भाई अनिल धवनका छोरा सिद्धार्थ धवनकी छोरी हुन् । आफ्नो डेब्यू फिल्मका लागि उनले तयारी सुरु गरिसकेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-26, बिहिवार

फिल्म ‘लाइफ इन एलए’ बाट नेपाली फिल्म क्षेत्रमा एक नयाँ अनुहार भित्रिएको छ, ब्यास बिस्सु । डेढ दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका उनले यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् । गएको महिना तनहुँ क्षेत्रमा फिल्मको छायांकन सकियो । ७५ प्रतिशत अमेरिकामा खिचिएको फिल्मको बाँकी छायांकन काठमाडौँ, तनहुँको भिमाद र पोखरामा गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2021-08-26, बिहिवार

अभिनयसँगै वाक कलामा पोख्त मानिन्छिन्, केकी अधिकारी । हरेक कुरालाई तथ्य र तर्कसहित भन्न उनी सिपालु छिन् । करीब १२ वर्ष लामो अभिनय करिअरमा आजसम्म विवादमा समेत नमुछिएकी उनी उमेरले ३२ वर्षको भए पनि अविवाहित छिन् । केही वर्षयता आफन्त, मिडियाकर्मी र दर्शकबाट विवाहको प्रश्न झेल्दै आएकी उनी आफूलाई विवाहदेखि निकै डर लाग्ने बताउँछिन् । 

Results : 6541 - 6546 of 23772
Most Visited News (monthly)