Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6535 - 6540 of 23772
फिल्मीखबर, काठमाडौं, 2021-08-29, आईतवार

अभिनेता राजेश हमालको नाममाथि बन्न लागेको फिल्म ‘म राजेश हमाल’ को निर्माण नहुँदै राम्रो हाइप बनेको छ । निर्माता केदार भुषालले निर्माण गर्न लागेको यो फिल्म राजेश हमालको जीवनीमा आधारित भएर बन्न लागेको भने होइन । तथापी, उनको जीवनबाट फिल्म ‘इन्स्पायर्ड’ हुनेछ । निर्माता भुषालले फिल्ममा अतिथी भूमिकाका लागि राजेश हमाललाई नै अफर गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-29, आईतवार

फिल्म ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि फिल्म क्षेत्रले साम्राज्ञी आरएल शाहलाई नायिकाको स्टारडमको भ्याकुम पूरा गर्ने अभिनेत्रीको रुपमा हेरेको थियो । यी दुई फिल्मबाट उनले आफ्नो स्टारडम प्रमाणित गरेकी थिइन् । उनको नामैले फिल्म चल्छ भन्ने विश्वास त्यसबेला फिल्ममेकरमा देखिएको थियो । यसैले उनलाई हिरो बारबार पारिश्रमिक दिन समेत निर्माताहरु तयार भए ।

फिल्मीखबर, काठमाडौं, 2021-08-28, शनिवार

नेपाल र अमेरिकामा छायांकन भएको फिल्म ‘लाइफ इन एलए’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । शनिवार निर्माण टिमले सार्वजनिक गरेको दुईवटा पोस्टर रोमान्टिक थिममा तयार पारिएको छ । एउटा पोस्टरमा नव-अभिनेता ब्यास बिस्सुलाई अभिनेत्री शिल्पा मास्केसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ भने दोस्रो पोस्टरमा उनको अंगालोमा अभिनेत्री अकेशा विष्ट छिन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-28, शनिवार

कोरोनाका कारण नेपालमा कुनै क्षेत्र सबैभन्दा बढी प्रभावित छ भने त्यो फिल्म क्षेत्र हो । भीडभाड हुने क्षेत्र भएकाले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत वर्ष ९ महिना फिल्म क्षेत्रका गतिविधिमा प्रतिबन्ध लगायो । सरकारले अनुमति दिएपछि बीचमा केही फिल्म प्रदर्शन र निर्माण भए । तर, फिल्म क्षेत्र जुर्मुराउन नपाउँदै कोरोनोको दोस्रो लहर फैलिएसँगै फेरि बन्द भयो ।

फिल्मीखबर, काठमाडौं, 2021-08-28, शनिवार

गत वर्ष कोरोना भाइरसको महामारीका कारण ९ महिना बन्द भएर खुलेको फिल्म क्षेत्र संक्रमणको दोस्रो लहर फैलिएसँगै फेरि बन्द भयो । गत बैशाखबाट सरकारले अनिश्चितकालका लागि फिल्म निर्माण र प्रदर्शनमा लगाएको प्रतिबन्ध चार महिना वितिसक्दा पनि फुकुवा हुने छाँटकाँट देखिएको छैन । तर, निषेधाज्ञा खुकुलो भएदेखि एकपछि अर्को फिल्म छायांकनमा निस्किरहेका छन् ।

Results : 6535 - 6540 of 23772
Most Visited News (monthly)