Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

जिल्ला प्रशासनले दियो सिनेमा हल खोल्न अनुमति

फिल्मीखबर, काठमाडौं, 2021/09/01
 
कोरोनाको दोस्रो लहर फैलिएसँगै गत बैशाखदेखि बन्द रहेका काठमाडौं, भक्तपुर र ललितपुरका सिनेमा हलहरु बिहीवारबाट खुल्ने भएका छन् । काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रमुखको बुधवार बसेको बैठकले स्वास्थ्य सुरक्षाको विधि पालना गरेर सिनेमा हल खोल्न अनुमति दिएको हो । प्रशासन कार्यालयले हल खोल्न अनुमति दिएकोमा फिल्मकर्मीले खुसी व्यक्त गरेका छन् ।
 
काठमाडौं जिल्ला प्रमुख कालिप्रसाद पराजुलीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन अनुमति दिइएको बताउँदै हलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको प्रशासन कार्यालयले अनुगमन गर्ने पनि बताए । कोरोना संक्रमण रोकथामका लागि गत बैशाखमा तीनै जिल्लाका प्रशासन कार्यालयले अनिश्चितकाका लागि सिनेमा बन्द गर्ने निर्णय गरेको थियो ।
 
कोरोना संक्रमणका कारण गत वर्ष पनि करीब ९ महिना सिनेमा हल बन्द भएका थिए । हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोल्ने निर्णय गरेपछि सरकारले ५० प्रतिशत अकुपेन्सीमा फिल्म प्रदर्शन गर्न अनुमति दिएको थियो । त्यसपछि केही नयाँ फिल्म प्रदर्शन पनि भए तर कोरोनाको भयले सिनेमा हलसम्म दर्शक पुगेनन् । अबको अवस्था कस्तो रहन्छ, हेर्न बाँकी छ । 
Most Visited News (monthly)