
मनोज पण्डितको निर्देशनमा बनेको फिल्म ‘एक’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजनीतिमार्फत देश टुक्राउन लागि परेको शक्तिविरुद्धको कथा प्रस्तुत गरिएको छ । विदेशी षड्यन्त्रबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय (रअ) जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले ‘सीएसआई’ नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ ।

‘भेराइटी म्यागजीन’ ले गत वर्ष सर्वाधिक कमाई गर्ने हलिउड कलाकारको सूची सार्वजनिक गरेको छ । जसमा ‘जेम्स बोन्ड’ एक्टर डेनियल क्रेगले कमाईमा सबैलाई उछिनेका छन् । उनले सय मिलियन डलरको कमाई गरेका छन् । फिल्म ‘नाइभ्स आउट’ मा लिएको पारिश्रमिकका कारण उनलाई पहिलो स्थान मिलेको हो । उनी अभिनीत फिल्म ‘नो टाइम टू डाइ’ रिलिजको तयारीमा छ ।

भर्सटायल अभिनेताको रुपमा आफूलाई चिनाएका दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । नेपाली फिल्मको लोकप्रिय कलाकारलाई फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्न पाउँदा डेलिगेसनले खुसी व्यक्त गरेको छ ।

कोरोना महामारीका कारण करीब दुई वर्षदेखि फिल्म क्षेत्र ठप्प छ । गत वर्ष ९ महिना बन्द भएर खुलेको यो क्षेत्र कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि अनिश्चितकालका लागि बन्द भयो । संक्रमण दर अझै स्थिर भएकाले दशैंअघि सरकारले छायांकन गर्न र सिनेमा हल खोल्न अनुमति दिने सम्भावना कम छ । यस्तो अवस्थाले यस क्षेत्रमा आश्रित जो कोहीको भविष्य अन्योल बनेको छ ।

दुई दशक अगाडि काँचको पर्दामा जमेको जोडी हो- शिव श्रेष्ठ र गौरी मल्ल । रिल (नेगेटिभ) युगको जमानामा ‘सरस्वती, स्वर्ग, धर्मसंकट, मायाघर’ लगायतका फिल्ममा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । प्रायः फिल्ममा यो जोडीले प्रेम-प्रेमिका भएर अभिनय गरेका छन् । तर, डिजिटल प्रविधिको आगमन भएयता उनीहरुको फिल्ममा सहकार्य हुन सकेको थिएन ।


