Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपिकाले साइन गरिन् दोस्रो हलिउड फिल्म

एजेन्सी, मुम्बई, 2021/08/31
 
बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउडमा समेत आफ्नो उपस्थिति जनाइसकेकी छन् । उनले ‘एक्सएक्सएक्स’ फिल्मबाट हलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि बलिउड फिल्ममै व्यस्त रहेकी उनी फेरि हलिउड फिल्ममा काम गर्ने तयारीमा छन् । अमेरिकाको फिल्म निर्माण कम्पनी ‘एसटिएक्स फिल्म्स्’ ले दीपिकालाई लिएर एक रोमान्टिक-कमेडी फिल्म बनाउन लागेको हो । 
 
यस कम्पनीका मोसन पिक्चर ग्रुपका अध्यक्ष एडम फोगेलसनले फिल्मको बारेमा जानकारी दिँदै भनेका छन्, ‘दीपिका भारतबाट आएकी ग्लोबल स्टारमध्ये एक हुन् । उनी निकै प्रतिभाशाली छिन् र उनको प्रोफाइल एक अन्तर्राष्ट्रिय सुपरस्टारको रुपमा अगाडि बढिरहेको छ । हामी उनी र टेम्पल हिल प्रोडक्सनसँग एक रोमान्टिक-कमेडी फिल्म निर्माण गर्नका लागि निकै रोमान्चित छौं ।’ 
 
करीब ४ वर्षपछि हलिउड फिल्ममा फर्किन लागेकी दीपिकाले एसटिएक्स फिल्म्स् र टेम्पल हिल प्रोडक्सनसँँग सहकार्य गर्न पाउँदा रोमान्चित महशुस गरेको बताएकी छन् । पछिल्लो पटक ‘छपाक’ मा देखिएकी उनी अहिले ‘पठान’ को सुटिङमा व्यस्त छिन् । त्यस्तै, उनको पाइपलाइनमा ‘द इन्टर्न’ रीमेक, ‘महाभारत’, ‘फाइटर’, शकुन बत्राको फिल्म र प्रभाससँगको फिल्म रहेको छ ।
Most Visited News (monthly)