Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6343 - 6348 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-11-02, मंगलवार

सुपरस्टार राजेश हमालको नाम सापटी लिएर निर्माण भएको फिल्म ‘म राजेश हमाल’ को छायांकन सकिएको छ । ५० दिनमा फिल्मको छायांकन सकिएको निर्देशक जोन योञ्जनले जानकारी दिए । फिल्मको सम्पूर्ण छायांकन धनगडीमा भएको हो । ‘राजेश हमाल सुपरस्टार मात्र होइन, भावना पनि हो’ भन्ने ट्यागलाइनमा केन्द्रित रहेको यो फिल्मलाई केदार भुसालले निर्माण गरेका हुन् ।

एजेन्सी, मुम्बई, 2021-11-01, सोमवार

ऐश्वर्याले बलिउडमा यदी कसैलाई हदै घृणा गर्छिन् भने ती व्यक्ति सलमान खान हुन् । उनीहरु एक समय गहिरो प्रेममा थिए । कुरा विवाहसम्म पुगिसकेको थियो । तर, एउटा घटनाका कारण उनीहरुको ब्रेकअप भयो । सलमान खानमाथि ऐश्वर्याले आफूलाई मारपिट गरेको आरोप लगाएकी थिइन् । यसपछि सलमानले पनि ऐश्वर्याको फिल्मी करिअर खराब बनाउने कोशिश गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-11-01, सोमवार

निर्देशक निश्चल बस्नेत निर्देशित सुपरहिट फिल्म ‘लुट’ ले नेपाली फिल्मको परम्परागत कथावाचन शैली नै परिवर्तन गरिदियो । त्यसअघि नेपाली फिल्मले फरक कथावस्तु पस्कन सकेको थिएन । कलाकार हुन पनि कि राजेश हमालको जस्तो शरीर कि आर्यन सिग्देलको जस्तो रुप-रंग हुनुपर्छ भन्ने मानक स्थापित थियो । तर, ‘लुट’ ले फिल्मको हिरो कथा हुन्छ भन्ने उदाहरण पेश गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2021-11-01, सोमवार

निर्देशक तथा निर्माता अशोक शर्माको भनाई सापटी लिने हो भने कोरोनाले नेपालको फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकलेको छ । यो कुरामा विमति राख्ने फिल्मकर्मी छैनन् । दुई वर्षदेखि कोरोना महामारीले फिल्म क्षेत्र तहसनहस बनाएको छ । यतिबेला फिल्म निर्माण र प्रदर्शन गर्न कोही निर्माता तयार देखिएका छैनन् । कोरोनाले गर्दा हलसम्म दर्शक आउन पनि डराएको अवस्था छ । 

एजेन्सी, मुम्बई, 2021-10-31, आईतवार
‘क्रुस ड्रग’ मुद्दामा शाहरुख खानका छोरा आर्यन खानले उच्च अदालतबाट जमानत पाएका छन् । आर्यनको गिरफ्तारीपछि शाहरुखले आफ्ना सबै फिल्म र विज्ञापनको सुटिङ स्थगित गरेका थिए, तर अब उनले छिट्टै सुटिंग सुरु गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाडौं, 2021-10-30, शनिवार

बलिउड निर्देशक सुरज बडजात्याले आफ्नो नयाँ फिल्म ‘उचाइँ’ को नेपाल छायांकन पूरा गरेका छन् । ४० दिनको सेड्युलसहित उनी कलाकार र प्राविधिकको टोली लिएर नेपाल आएका थिए । छायांकनका लागि हिमाली क्षेत्र रोजेकाले मौसम भिलेन बन्न सक्ने उनको पूर्व अनुमान थियो । तर, मौसमले राम्रो साथ दिएकाले उनले २५ दिनमै फिल्मको नेपाल छायांकन प्याकअप गरेका हुन् ।

Results : 6343 - 6348 of 23769
Most Visited News (monthly)