
गत बैशाखमा पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै निर्देशक सुरेन्द्र पौडेलले फिल्म ‘बाबरी’ को छायांकन सुरु गरेका थिए । तर, कोरोना महामारीको दोस्रो लहर भयावह रुपमा फैलिएपछि नेपालमा एउटा गीत मात्र खिच्न बाँकी राखेर छायांकन पोस्टपोन्ड गरियो । बिहीवारबाट फिल्मको दोस्रो चरणको छायांकन सुरु भएको छ । अहिले काठमाडौंमा फिल्मको गीतको छायांकन भइरहेको छ ।

सुपरस्टार राजेश हमाल चार वर्षपछि फिल्म ‘सत्यम्’ बाट कमब्याक गर्दैछन् । यसमा उनलाई एक्सन अवतारमा देख्न पाइनेछ । फिल्ममा उनीसँगै अहिलेका सुपरस्टार पल शाहको पनि अभिनय रहनेछ । उनको जोडीको रुपमा मलिका महत देखिनेछिन् भने भिलेनको भूमिकामा अपुनविक्रम शाही रहने छन् । फिल्मको दुई दिनदेखि पर्यटकीय गन्तव्य धम्पुसमा वर्कसप चलिरहेको छ ।

नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले मनोरञ्जन सम्बन्धि संस्थाबाट ‘महानायक र महानायिका’ को उपाधि पाएका छन् । तर, उनीहरुलाई दिइएको उपाधिलाई लिएर बेला बखतमा फिल्म क्षेत्र विवादित बन्ने गरेको छ । गत महिना एक फिल्मको कार्यक्रममा अघिल्लो पुस्ताका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीले ‘महानायक र महानायिका’ को विषयमा फरक मत राखे ।

बलिउड इन्डस्ट्रीकी चर्चित अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशलको अफेयरको खबर लामो समयदेखि मिडियामा छाइरहेको छ । तर, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन् । अब यो जोडीले विवाहको तयारी सुरु गरेको खबर भारतीय मिडियामा छ्यापछ्याप्ती भएको छ । उनीहरुले आउँँदो नोभेम्बर या डिसेम्बरमा विवाह बन्धनमा बाँधिने गरी तयारी थालेका छन् ।

फिल्म प्रदर्शनका लागि दशैं सबैभन्दा उपयुक्त समय मानिन्छ । दशैंको विदामा फिल्मले राम्रो कमाई गर्ने गरेका छन् । कोरोना महामारीअघि दशैंमा फिल्म प्रदर्शन गर्न निर्माताबीच हानाथान हुन्थ्यो । तर, कोरोनाका कारण अघिल्लो र यसपटकको दशैंमा हल सुनसान रहे । अघिल्लो वर्षको दशैंमा हल नखुल्दा फिल्मै रिलिज भएनन् । यो पटक फिल्म लाग्दा पनि हलमा दर्शक आएनन् ।

एक समयकी सफल अभिनेत्री निरुता सिंहले करीब एक दशकपछि फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट अभिनयमा पुनरागमन गरिन् । फिल्ममा उनी बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिकामा थिइन् । फिल्ममा छोटो भूमिका भए पनि उनको अभिनय सशक्त थियो । यसपछि उनले महजोडीको फिल्म ‘दाल भात तरकारी’ मा अभिनेता पुष्प खड्काको आमा भएर अभिनय गरिन् ।

