Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा फिल्म क्षेत्र ‘सके आँफै बाच-नसके मर’ को अवस्थामा छ : रेखा थापा

फिल्मीखबर, काठमाडौं, 2021/11/01
rekha thapa
 
निर्देशक तथा निर्माता अशोक शर्माको भनाई सापटी लिने हो भने कोरोनाले नेपालको फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकलेको छ । यो कुरामा विमति राख्ने फिल्मकर्मी छैनन् । दुई वर्षदेखि कोरोना महामारीले फिल्म क्षेत्र तहसनहस बनाएको छ । यतिबेला फिल्म निर्माण र प्रदर्शन गर्न कोही निर्माता तयार देखिएका छैनन् । कोरोनाले गर्दा हलसम्म दर्शक आउन पनि डराएको अवस्था छ । 
 
कोरोनाले थला पारेको फिल्म क्षेत्रलाई उठाउन राज्यबाट पनि कुनै पहलकदमी भएको देखिन्न । हुनत, यसअघि पनि राज्यको प्राथमिकतामा फिल्म क्षेत्र परेको थिएन । अन्य देशले फिल्मको माध्यमबाट कला, संस्कृति र भाषाको जगेर्ना तथा प्रवद्र्धन गर्न विशेष महत्त्व दिने गरेका छन् । यसका लागि ठूलो धनराशी पनि खर्च गर्छन् । नेपालमा भने यसतर्फ राज्यले चासै दिएको छैन ।
 
अभिनेत्री रेखा थापाले नेपालको फिल्म क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा ‘सके आँफै बाच-नसके मर’ को अवस्थामा रहेको बताएकी छन् । उनले आइतवार फेसबुकमा लेखेकी छन्, ‘दुनियाँलाई चीनियाँ सभ्यता देखाउन चीन अर्बौं खर्च गर्दछ, अरु देश पनि आफ्नो भाषा-संस्कृतिको उत्तिनै जगेर्ना गर्दछन् । सिक्किम सरकारले समेत आफ्नो पहिचान बढाउन त्यहाँ छायाङ्कन गर्ने फिल्मलाई एक करोड अनुदान दिने घोषणा गरेछ । नेपालमा भने फिल्मको संसार ‘सके आँफै बाच-नसके मर’ को अवस्थामा छ ।’
 
कला कसैको दयाले जिउने पेशा नभए पनि भोलिको दिनमा भाषा र नेपाली मौलिक पहिचान कस्तो होला भनेर उनले चिन्ता व्यक्त गरेकी छन् । फिल्मको माध्यमबाट नेपालको मौलिक पहिचान र कला-संस्कृतिको प्रवद्र्धन गर्न राज्यले ध्यान दिन जरुरी रहेको उनको भनाईको आशय हो । यतिबेला रेखा नयाँ फिल्मको तयारीमा छिन् । पछिल्लो पटक उनी ‘मालिका’ मा देखिएकी थिइन् ।
 

Most Visited News (monthly)