Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानदेखि करीनासम्म, जोसँग छ ऐश्वर्याको पानी बाराबार

एजेन्सी, मुम्बई, 2021/11/01
बलिउडकी सुन्दरी अभिनेत्री ऐश्वर्या राय बच्चन सोमवारबाट ४८ वर्षकी भएकी छन् । उनको जन्म १ नोभेम्बर १९७३ मा भारतको मङ्गलोरमा भएको थियो । ४८ वर्षको उमेरमा पनि उतिक्कै जवान र सुन्दर देखिने उनले आफ्नो करिअरमा कयौं सम्झनलायक फिल्ममा काम गरेकी छन् । ‘देवदास, हम दिल दे चुके सनम, रोबर्ट, मोहब्बतें, गुरु, ताल’ लगायत उनका यादगार फिल्म हुन् । 
 
सुन्दरताकी खानी मानिने ऐश्वर्याको केही यस्ता पनि किस्सा छन्, जो सायद कमै जान्दछन् । फिल्म इन्डस्ट्रीमा कयौं यस्ता कलाकार छन्, जो आफ्नो दोस्ती र दुश्मनीका कारण चर्चामा रहन्छन् । प्रायः कलाकारको एकअर्कासँग ३६ को आँकडा रहने गरेको छ । यो लिस्टमा ऐश्वर्या राय बच्चन पनि सामेल छिन् । बलिउडमा उनको ‘पानी बारबार’ को सम्बन्ध रहेका कलाकारहरुको सूची लामो छ ।
 
aishwarya rai bachchan
 
ऐश्वर्याले बलिउडमा यदी कसैलाई हदै घृणा गर्छिन् भने ती व्यक्ति सलमान खान हुन् । उनीहरु एक समय गहिरो प्रेममा थिए । कुरा विवाहसम्म पुगिसकेको थियो । तर, एउटा घटनाका कारण उनीहरुको ब्रेकअप भयो । सलमान खानमाथि ऐश्वर्याले आफूलाई मारपिट गरेको आरोप लगाएकी थिइन् । यसपछि सलमानले पनि ऐश्वर्याको फिल्मी करिअर खराब बनाउने कोशिश गरेका थिए । 
 
सलमानसँग ब्रेकअपपछि ऐश्वर्या अभिनेता विवेक ओबेरोयसँग नजिक भएकी थिइन् । दुवै फिल्म ‘क्यों हो गया ना’ को सेटबाट एकअर्काको प्रेममा डुबेका थिए । त्यसैक्रममा विवेकले पत्रकार सम्मेलन गरेर सलमानले रक्सीको नशामा ऐश्वर्यामाथि हमला गरेको बताए । यो घटनाले विवेकको करिअर मात्र डुबेन, ऐश्वर्यासँग ब्रेकअप पनि भयो । यसपछि ऐश्वर्याको विवेकसँग बोलचाल बन्द छ ।
 
ऐश्वर्याको करीना कपूरसँँग पनि ‘पानी बारबार’ को सम्बन्ध छ । मधुर भन्डारकरको फिल्म ‘हिरोइन’ मा काम गरिरहेको समयमा ऐश्वर्या गर्भवती भएपछि उनको ठाउँमा करीना भित्रिएकी थिइन् । उनीहरुको सम्बन्ध विग्रनुको कारण यसैलाई मानिएको छ । एक समय मिल्ने साथी रहेकी रानी मुखर्जीसँग पनि ऐश्वर्याको बोलचाल छैन । फिल्मकै कारण उनीहरुको सम्बन्ध विग्रिएको बताइन्छ । 
 
फिल्म ‘चलते-चलते’ मा पहिला ऐश्वर्या काम गरिरहेकी थिइन् । जब फिल्मको सेटमा सलमान खानले हंगामा गरे तब फिल्मबाट ऐश्वर्यालाई निकालियो र रानीलाई राखियो । उनीहरुबीच अनबन हुनुको कारण यसैलाई मानिएको छ । अभिषेक बच्चनसँगको सम्बन्धका कारण पनि रानीसँग ऐश्वर्याको सम्बन्ध विग्रियो । ऐश्वर्यासँग विवाह गर्नुभन्दा अगाडि रानीको प्रेममा थिए, अभिषेक ।
 
अभिनेत्री सोनम कपूर क्याटफाइटका कारण निकै चर्चामा रहने गर्छिन् । अहिलेसम्म उनको कयौं अभिनेत्रीसँग झगडा परिसकेको छ । यस्तै घटना उनको ऐश्वर्या राय बच्चनसँग पनि भएको थियो । एकपटक सोनमले ऐश्वर्यालाई ‘अन्टी’ भनेकी थिइन् । आफ्नो पितासँग काम गरिसकेकाले ऐश्वर्यालाई आफूले ‘अन्टी’ भन्ने उनको भनाई थियो । यसपछि सोनमसँग ऐश्वर्याको राम्रो सम्बन्ध छैन ।
Most Visited News (monthly)