
कैलाश राई निर्देशित फिल्म ‘मनसँग मन’ को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार साँझ फिल्ममा समावेश ‘टपक्कै सयपत्रि’ बोलको मारुनी गीत सार्वजनिक गरेको हो । गीतमा भावना थापाको स्वर र अमोङ गुरुङको शब्द तथा संगीत छ । कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटीले मारुनी नाचमा कम्मर मर्काएकी छन् ।

नवाजुद्दीन सिद्दीकीलाई बलिउडको एक अब्बल कलाकारको रुपमा चिन्ने गरिन्छ । उनले फिल्म मात्र होइन डिजिटल प्लेटफर्ममा ‘सेक्रेड गेम्स’ जस्ता सुपरहिट वेब सिरिजमा समेत काम गरेका छन् । उनले अभिनय गरेका सिरिज डिजिटल प्लेटफर्ममा दर्शकले रुचाए पनि अब उनी ओटीटी शोमा नदेखिने भएका छन् । पछिल्लो समय उनी डिजिटल प्लेटफर्मको कन्टेन्ट देखेर निराश छन् ।

कोरोना महामारीका कारण देशभर सिनेमा हल बन्द हुने क्रम जारी छ । तर, अर्कोतिर ठूलो लगानीमा सुविधा सम्पन्न हल खुल्ने क्रम पनि बढेको छ । यसबीच, शुक्रवारबाट कीर्तिपुरको पागामा नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । ‘लुट’ निर्माता नरेन्द्र महर्जन र उनको टिमले ठूलो लागतमा निर्माण गरेको ‘कीर्तिपुर सिनेप्लेक्स’ को शुक्रवार औपचारिक रुपमा उद्घाटन गरियो ।

सुपरस्टार राजेश हमालले पहिलो पटक आफ्नो अवाजमा गीत रेकर्ड गराएका छन् । गत भदौमा अनामनगरस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको ‘मन बुढो भएन’ बोलको रोमान्टिक थिमको गीतमा उनले स्वर भरेका हुन् । दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको उक्त गीतमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले गायनमा साथ दिएका छन् ।

कुनै समय ‘नम्बर वान’ नायकको स्थान बनाएका सुपरस्टार आर्यन सिग्देल यतिबेला एउटा हिट फिल्मको पखाईमा छन् । फिल्म ‘क्लासिक’ यता उनी अभिनीत फिल्मले बक्सअफिसमा सुखद नतिजा हात पार्न सकेका छैनन् । आफ्नो डुब्दै गरेको करिअरलाई उठाउन उनले आफ्नै लगानीमा फिल्म ‘कायरा’ समेत बनाए । तर, यो फिल्म पनि उनका लागि सञ्जीवनी बुटि सावित हुन सकेन ।

भारतीय सिनेमाका सुपरस्टारको कुरा गर्ने हो भने सबैभन्दा अगाडि आउने नाम हो, रजनीकान्त । आफ्नो करिअरमा उनले एक्सन, इमोशन, ड्रामा हरेक रोलबाट दर्शकको मन जितेका छन् । उनलाई दक्षिण भारतमा ‘भगवान’ मानिन्छ । भारतका केही स्थानमा उनको प्रतिमा राखेर मन्दिर समेत बनेका छन् । तर, उनलाई यो स्टारडमसम्म पुर्याउने व्यक्ति को हो तपाईंहरुलाई थाहा छ ?

