Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५० दिनमा सकियो ‘म राजेश हमाल’ को छायांकन

फिल्मीखबर, काठमाडौं, 2021/11/02
सुपरस्टार राजेश हमालको नाम सापटी लिएर निर्माण भएको फिल्म ‘म राजेश हमाल’ को छायांकन सकिएको छ । ५० दिनमा फिल्मको छायांकन सकिएको निर्देशक जोन योञ्जनले जानकारी दिए । फिल्मको सम्पूर्ण छायांकन धनगडीमा भएको हो । ‘राजेश हमाल सुपरस्टार मात्र होइन, भावना पनि हो’ भन्ने ट्यागलाइनमा केन्द्रित रहेको यो फिल्मलाई केदार भुसालले निर्माण गरेका हुन् ।
 
फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सञ्जोग रसाइली लगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा छन् । निर्माता भुसालले फिल्ममा राजेश हमाललाई पनि अभिनय गराउन निकै प्रयास गरेका थिए । तर, उनले फिल्म ‘सत्यम्’ लाई समय दिइसकेकाले यो फिल्ममा अभिनय गर्न तयार भएनन् ।
 
sanchita lautel, mukunda bhatta, aryan sigdel
 
‘म राजेश हमाल’ राजेश हमालको जीवनीमा आधारित छैन । उनको फिल्म हेरेर प्रभावित भएका फ्यानहरुको कथा फिल्मले भन्नेछ । फिल्मको बारेमा निर्देशक योञ्जन भन्छन्, ‘यो फिल्म राजेश हमालका लागि ट्रिब्यूट हो । हामी कहिँ न कहिँ राजेश हमालको ठूलो प्रशंसक छौं । त्यही इमोसनमा फिल्म बनाएका हौं ।’ फिल्मको टाइटलभन्दा कथावस्तु विल्कुलै फरक रहेको उनको भनाई छ । 
 
वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् । जोन योञ्जनकै कथा रहेको फिल्मको स्क्रिनप्ले जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् । अलोक शुक्लाले खिचेको यो फिल्मलाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् । सर्लाही रैनाथे जोन योञ्जनले यसअघि ‘बाह्र सत्ताइस’ को निर्देशन गरेका थिए ।
Most Visited News (monthly)