‘क्रुस ड्रग’ मुद्दामा शाहरुख खानका छोरा आर्यन खानले उच्च अदालतबाट जमानत पाएका छन् । आर्यनको गिरफ्तारीपछि शाहरुखले आफ्ना सबै फिल्म र विज्ञापनको सुटिङ स्थगित गरेका थिए, तर अब उनले छिट्टै सुटिंग सुरु गर्ने भएका छन् ।
भारतिय मीडियाको रिपोर्ट अनुसार शाहरुख आर्यनको जन्मदिन (नोभेम्बर १३) पछि सबै फिल्मको सुटिङ सुरु गर्नेछन् । शाहरुखले आफ्नो जन्मदिन भने गत बर्षहरुमा जसरी धूमधामका साथ जन्मदिन नमनाउने निर्णय गरेका छन् । यस वर्ष पनि उनले मन्नत बाहिर विगत धेरै दिनदेखि पर्खिरहेका फ्यानहरूलाई भने भेट्नेछन् ।
आर्यन खानलाई जमानत दिन अदालतले १४ सर्त राखेको बताइएको छ । शाहरुख खानले यसलाई पालना गर्दै आफ्नो छोरा र परिवारसँग केही समय बिताउन चाहेको बताईएको छ । शाहरुखले आफ्ना दुई फिल्मको छायांकन अर्को महिना सुरु गर्ने निर्मातालाई जानकारी दिएका छन् ।

