
महेश मान्जरेकर मराठी फिल्मका नामी निर्देशक हुन् । कलाकार समेत रहेका उनले दर्जनौं मराठी फिल्मको निर्देशन गरिसकेका छन् । उनले लामो समयपछि सलमान खानलाई लिएर बलिउड फिल्म ‘अन्तिम’ बनाएका छन् । सोमवार फिल्मको ट्रेलर रिलिज भयो । उनका लागि यो फिल्मको छायांकन सक्नु कम चुनौतीपूर्ण थिएन । किनकि, त्यसबेला उनी क्यान्सरसँग जुधिरहेका थिए ।

कुनै पनि कलाकारलाई आफ्नो करिअर अगाडि बढाउन हिट फिल्मकोे खाँचो अनिवार्य हुन्छ । आफूले अभिनय गरेको फिल्म असफल हुँँदा त्यसको सिधा असर करिअरमाथि पर्ने गर्छ । यसैले पनि कलाकारहरु सधैं सफलताको भोका हुन्छन् । तर, सबैलाई कहाँ सजिलै सफलता मिल्छ र ? अभिनेत्री रुविना थापालाई नै हेरौन, उनका लागि सफलता ‘आकाशको फल’ झैँ भइरहेको छ ।

बोल्ड नायिकाको छवि बनाएकी सुरविना कार्की लामो समयदेखि सफलताको खोजीमा छिन् । फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले त्यसयता आधा दर्जन फिल्ममा अभिनय गरे पनि करिअरले गति समात्न सकेको छैन । नेपाली फिल्ममा भविष्य नदेखेपछि उनी बलिउडमा प्रवेश गर्न तीन वर्ष भारत समेत बसिन् । तर, बलिउड छिर्ने उनको सपना पूरा हुन सकेन ।

ऋषिराज आचार्यको निर्देशन तथा निर्माणमा तयार भएको फिल्म ‘चुरिफुरी’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘ओइ ओइ पियारी’ बोलको डन्सिङ नम्बरको गीतमा बेनिशा पौडेल र समिर आचार्यले आवाज भरेका छन् । निर्देशक आचार्य र दीपक शर्माले मिलेर लेखेको गीतमा दीपक स्वयंले संगीत भरेका छन् ।

बलिउड सुपरस्टार सैफ अली खान र रानी मुखर्जी करीब १२ वर्षको अन्तरालपछि एकसाथ ठूलो पर्दामा देखिँदैछन् । यशराजको नयाँ फिल्म ‘बन्टी और बबली २’ मा उनीहरु एकसाथ देखिन लागेका हुन् । सोमवार यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ११ सेकेण्डको ट्रेलर इन्टरटेनिङ र इन्गेजिङ छ । ट्रेलरमा सक्कली र नक्कली बन्टी र बबलीबीचको लडाइँ देखाइएको छ ।

गायिका समीक्षा अधिकारीसँग नाम जोडेर मिडियामा विभिन्न खाले गसिप बनेपछि अभिनेता पल शाहले आपत्ति जनाएका छन् । सोमवार फेसबुकमा लामो स्टाटस लेख्दै उनले मिडियामा आएका गलत समाचारले आफू दुखी भएको र समीक्षासँगको मित्रता र सहकार्यलाई अनेक शिर्षक दिएर सिंगो पत्रकारितालाई बदनाम गर्ने र आफूहरुको चरित्रहत्या हुने कार्य नगर्न आग्रह गरेका छन् ।

