Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6337 - 6342 of 23769
एजेन्सी, मुम्बई, 2021-11-03, बुधवार

बलिउड सुपरस्टार कार्तिक आर्यन चाँडै साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत सुपरहिट फिल्म ‘अला वैकुन्ठपुरमलो’ को हिन्दी रिमेक ‘शहजादा’ मा लिड रोलमा देखिँदैछन् । यो फिल्ममा उनको अपोजिटमा कृति सेनन फाइनल भएकी छन् । कार्तिक र कृतिले आउँदो २५ अक्टोबरबाट ‘शहजादा’ को छायांकन सुरु गर्नेछन् । मुम्बई र दिल्लीमा विभिन्न शेड्यूलमा फिल्म खिचिनेछ ।

फिल्मीखबर, काठमाडौं, 2021-11-03, बुधवार

फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरीको समुहले पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गर्‍यो । ‘गाजलु’ निर्माता रोहित अधिकारीसँग यो समुहले मुनाफाको हिस्सा लिने सर्तमा काम गरेको थियो । अब रोहित र दीपकराजको समुहबीच फेरि नयाँ फिल्ममा सहकार्य हुने सम्भावना बढेको छ । हेमराज विसीले निर्देशन गर्ने गरी अहिले उनीहरु स्क्रिप्टमा छलफल गरिरहेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-11-03, बुधवार

अमेरिकामा निर्माण भएको नेपाली फिल्म ‘ओभर डोज’ को आउँदो मंसिर १७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बुधवार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मलाई सुमन पौडेलले निर्देशन र जीवन कुमार केसीले निर्माण गरेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2021-11-02, मंगलवार

नेपाली गीतसंगीत क्षेत्रकी मेलोडी क्विन भनेर चिनिने अन्जु पन्तको गायन कलाको सधैं प्रशंसा हुने गरेको छ । उनले आफ्नो स्वरको जादूले धेरैको मन जितेकी छन् । ‘माया गर मायालुले, म त अलपत्रै, तिमी रोएको पल, न विर्से तिमीलाई, जिन्दगी यो फूलै फूलको, माया एउटासँग, अधेँरी जस्तै जून विना, तिमीले पराई ठानेपछि, मलाई बाँसुरीले रुवायो’ जस्ता कयौं गीत उनका यादगार छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-11-02, मंगलवार

हरर फिल्म ‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक भएको छ । ‘हलोविन’ को अवसर पारेर मंगलवार निर्माण टिमले सार्वजनिक गरेको मोशन पोस्टर डरलाग्दो छ । पोस्टरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोरले थ्रिल गराउँछ । पृष्ठभुमिमा एक महिलाको चर्को र डरलाग्दो आवाज पनि सुन्न सकिन्छ । मोशन पोस्टरले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउने निर्माण टिमको अपेक्षा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-11-02, मंगलवार

निर्देशक निश्चल बस्नेतलाई नेपाली फिल्मको ट्रेन्ड मेकर भन्ने गरिन्छ । उनले निर्देशन गरेको पहिलो फिल्म ‘लुट’ ले नेपाली फिल्मको रुपरेखा नै बदलिदियो । यो फिल्मले परम्परागत कथावाचन शैलीको पर्खाल मात्र भत्काएन, फिल्म कथाले चल्छ भन्ने उदाहरण पनि पेश गर्‍यो । ‘लुट’ ले परम्परागत हिरोको मानकलाई पनि जरैदेखि उखेल्यो । कमाईको मामलामा पनि फिल्मले इतिहास रच्यो । 

Results : 6337 - 6342 of 23769
Most Visited News (monthly)