
दिपावलीमा रिलिज भएका भारतका दुई फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेका छन् । बलिउड सुपरस्टार अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंसी’ ले प्रदर्शनको चार दिनमा ९१ करोड ५९ लाखको कमाई गरेको छ भने साउथ सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘अन्नाथे’ ले विश्वभरबाट प्रदर्शनको पाँच दिनमा नै कूल १ सय ८६ करोड ५८ लाख कमाउन सफल भएको छ ।

राजबहादुर सानेको लेखन तथा निर्देशनमा फिल्म ‘सिल्ली फो’ बन्ने भएको छ । चार बदमासको कथामा निर्माण हुने फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन् । यो फिल्मको पहिलो चरणको छायांकन पूरा भइसकेको छ । १५ दिन खिचेर ब्रेक लिइएको फिल्मको मंसिर १ गतेबाट दोस्रो चरणको छायांकन हुने निर्देशक सानेले बताए । फिल्मको सम्पूर्ण छायांकन बाँके क्षेत्रमा हुनेछ ।

एक समय टेलिभिजनमा राज गरेका कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, सिताराम कट्टेल, जीतु नेपाल, निर्मल शर्मा लगायतले फिल्म ‘६ एकान ६’ बाट सहकार्यको यात्रा सुरु गरेका थिए । तर, ‘वडा नम्बर ६’ पछि सिताराम र ‘छक्का पञ्जा’ पछि निर्मलले कलाकार र निर्माताको रुपमा यो समुह छाडे । अब जितु पनि दीपक-दीपाको समुहबाट अलगिएका छन् ।

कोरोनाका कारण करीब दुई वर्ष बन्द रहेका सिनेमा घरहरु यसपालीको दशैंबाट पूर्ण रुपमा खुले । तर, दशैं र तिहारमा फिल्म प्रदर्शन गर्न ठूला ब्यानरहरु अगाडि सरेनन् । कोरोनाको डरले अझै केही समय हलसम्म दर्शक आउँदैनन् भन्ने सोचाइ निर्मातामा थियो । तर, तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरु तात्न थालेका छन् ।

निर्देशक रोहित शेट्टीको कप ड्रामा ‘सूर्यवंशी’ ले बक्सअफिसमा आफ्नो सफलताबाट इतिहास रचिरहेको छ । सुपरस्टार अक्षय कुमारको खतरनाक एक्सन र अभिनयलाई दर्शकले निकै मन पराएका छन् । यो फिल्मको सफलतापछि फेरि एकपटक रोहित कप ड्रामा बनाउने तयारीमा जुटेका छन् । उनले आफैं निर्देशित सुपरहिट फिल्म ‘सिंघम’ को तेस्रो सिरिज बनाउन लागेका हुन् ।

९० को दशकका लोकप्रिय भारतीय गायक कुमार सानु पुनः एकपटक आफ्नो प्रस्तुती दिन नेपाल आउने भएका छन् । आउँदो मंंसिर ४ (नोभेम्बर २०) गते जनकपुरधाममा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । जनकपुरको होटल राज दरवारमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित भारतीय गीत नेपाली दर्शकलाई सुनाउनेछन् ।

