Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा बनेको ‘ओभर डोज’ को रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2021/11/03
movie overdose
 
अमेरिकामा निर्माण भएको नेपाली फिल्म ‘ओभर डोज’ को आउँदो मंसिर १७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बुधवार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मलाई सुमन पौडेलले निर्देशन र जीवन कुमार केसीले निर्माण गरेका हुन् । 
 
दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा प्रेम, रोमान्स, कमेडी, सस्पेन्स र एक्सनलाई समेटिएको निर्देशक पौडेलले बताए । युवापुस्ताको रुचिलाई ध्यानमा राखेर युवापुस्ताकै कथामा फिल्म निर्माण गरेको उनको भनाई छ । यस फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । 
 
‘ओभर डोज’ रिलिजको अर्को उद्देश्य कोरोना महामारीले धरासायी भएको फिल्म क्षेत्र चलायमान गराउनु रहेको निर्माता केसीले बताएका छन् । यो फिल्मले दर्शकलाई निराश नबनाउने उनको दाबी छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार र जुनियर मोरेनो हुन् । फिल्मलाई जि.जि ग्रूपले उपत्यका र एफडि कम्पनीले मोफसलमा वितरण गर्नेछ । 
Most Visited News (monthly)