Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ हरर फिल्म ‘कठपुतली’ को मोशन पोस्टर

फिल्मीखबर, काठमाण्डौ, 2021/11/02
kathaputali nepali movie
 
हरर फिल्म ‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक भएको छ । ‘हलोविन’ को अवसर पारेर मंगलवार निर्माण टिमले सार्वजनिक गरेको मोशन पोस्टर डरलाग्दो छ । पोस्टरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोरले थ्रिल गराउँछ । पृष्ठभुमिमा एक महिलाको चर्को र डरलाग्दो आवाज पनि सुन्न सकिन्छ । मोशन पोस्टरले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउने निर्माण टिमको अपेक्षा छ ।
 
गत महिना मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको यो फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन । यो फिल्मलाई पुस–माघसम्म प्रदर्शन गर्ने तयारी गरिएको निर्माता पृथ्वी राना मगरले बताए ।
 
फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक भिमसेन लामाको दाबी छ । उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो फिल्म ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पनि छानिएको छ ।
 
यसैक्रममा ‘कठपुतली’ का सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत ‘बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ जितेका छन् । यो अवार्डले आफूलाई थप हौसला दिएको बताउँदै उनले नेपाली फिल्मको सदस्य हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनी आफूले खिचेको फिल्म नेपाली दर्शकसँग बसेर हेर्न उत्सुक छन् । 
 

Most Visited News (monthly)