Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6295 - 6300 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2021-11-16, मंगलवार

सफल फिल्म निर्देशनमा ह्याट्रिक गरेका प्रदीप भट्टराई फिल्म ‘जात्रै जात्रा’ पछि निर्देशनमा फर्किएका छैनन् । २०७६ सालमा उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) सँग सहकार्य गर्न लागेको नयाँ फिल्मको घोषणा गरिएको थियो । २०७७ सालको कात्तिक ७ गते (फूलपाती) लाई प्रदर्शन मिति समेत तोकिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म निर्माण हुन सकेन ।

फिल्मीखबर, काठमाडौं, 2021-11-16, मंगलवार

युवापुस्तामा सर्वाधिक रुचाइएका गायकमा पर्दछन्, प्रमोद खरेल । ‘म विना पोखरामा’ गीतपछि दर्शकमाझ चिनिएका उनले एक हजारभन्दा बढी गीत गाइसकेका छन् । केही नेपाली फिल्मका गीतमा पनि उनको आवाज सुन्न सकिन्छ । डेढ दशक अगाडि डाक्टर बन्न झापाबाट काठमाडौं आएका उनलाई समयको चक्रले गायक बनायो । उनी बाल्यकालमा भने कलाकार हुन चाहन्थे ।

फिल्मीखबर, काठमाडौं, 2021-11-16, मंगलवार

फिल्म ‘बोबी’ की अभिनेत्री तथा निर्मात्री कविता गुरुङ लेखिका बनेकी छन् । उनले लेखेको ‘म अनि मेरो’ आत्मकथाको सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्देशक मिलन चाम्सले लोकार्पण गरे । उनले आफ्नो कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई किताबमा उतारेकी छन् । 

एजेन्सी, मुम्बई, 2021-11-15, सोमवार

एकपटक फेरि सञ्जय लीला भंसाली निर्देशित फिल्म ‘गंगूबाई काठियावाडी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आलिया भट्ट स्टारर यो फिल्म अब २०२२ को फेब्रअरी १८ बाट प्रदर्शनमा आउनेछ । पहिला जनवरी ६ तारिखमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, जनवरी ७ मा फिल्म ‘आरआरआर’ आउने भएपछि निर्देशक भंसालीले फिल्मको प्रदर्शन मिति परिवर्तन गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-11-15, सोमवार

फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी आँचल शर्मा अब निर्मात्री बन्ने तयारीमा छिन् । दुई वर्ष अगाडि उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी उनले श्रीमानलाई निर्माताको रुपमा उभ्याएर फिल्म बनाउन लागेकी हुन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । आँचल दाम्पतिले कयौं पटक निर्देशक चाम्सको घरमा बसेर फिल्मको बारेमा छलफल गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-11-15, सोमवार

कोरोना महामारीअघि भारतीय फिल्मको डरले नेपाली फिल्मको भागभाग हुने गरेको थियो । भारतका ठूला फिल्मले घोषणा गरेको मितिमा नेपाली फिल्म भिडाउने निर्माताहरुले आँटै गर्दैन थिए । बरु, बाटो छाड्नु उत्तम ठान्थे । हल पर्याप्त नपाइने र दर्शकहरु पनि नेपालीभन्दा विदेशी फिल्म हेर्न रुचाउने भएकाले निर्माताहरु जानी-जानी आफ्नै खुट्टामा आफैंले बञ्चरो हान्न चाहँदैन थिए ।

Results : 6295 - 6300 of 23769
Most Visited News (monthly)