
नेपालमा कलाकारहरुबीच सुमधुर सम्बन्ध कायम भएको कमै देख्न पाइन्छ । बढी जसो त दुश्मनीका खबरहरु नै आउने गर्दछन् । सम्बन्ध राम्रो नभए पनि मिडियाको अगाडि घनिष्ट सम्बन्ध देखाउन भने नेपाली कलाकारहरु निकै माहिर छन् । व्यवसायिक प्रतिस्पर्धाका कारण उनीहरुको सन्तुलित र दिगो सम्बन्ध बन्न सकेको हुँदैन । तर, केही कलाकारहरु असाध्धै मिल्ने पनि हुन्छन् ।

फिल्म ‘छिरिङ’ बाट निर्देशकिय यात्रा सुरु गरेका गायक यश कुमारले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । बिहीवार नायक पल शाहले करण सिंहले निर्माण गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेका थिए । निर्माण टिमले फिल्ममा पल अनुबन्ध भएको जानकारी गराए पनि निर्देशकको नाम लुकाएको थियो । प्राप्त जानकारी अनुसार, उक्त फिल्मलाई यश कुमारले निर्देशन गर्नेछन् ।

कोरोनाका कारण करीब २ वर्ष ठप्प रहेको नेपाली फिल्म क्षेत्र संक्रमण मत्थर हुँदै गएसँगै चलायमान हुन थालेको छ । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरु फिल्मको रिलिज डेट घोषणा गर्न अगाडि सरेका छन् भने धेरै निर्माताहरु फिल्म निर्माण गर्न तम्सिएका छन् । कलाकारहरुले पनि नयाँ-नयाँ फिल्म साइन गरिरहेका छन् ।

बलिउड अभिनेत्री प्रीति जिन्टा दुई सन्तानकी आमा बनेकी छन् । उनको घरमा सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चाको जन्म भएको हो । प्रीतिले सोसल मिडियामा आफू आमा बनेकोमा खुसी व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘हामी हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गर्दछौं । आज हाम्रो दिल आभार र प्रेमले भरिएको छ ।’

अभिनेत्री रीस्ता बस्नेत पहिलो पटक फिल्ममा फरक भूमिकामा देखिने भएकी छन् । प्रायः फिल्ममा सोझी युवतीको भूमिकामा देखिएकी उनलाई नयाँ फिल्म ‘पासो’ मा अहिलेसम्मकै अलग अवतारमा प्रस्तुत गरिएको छ । यो फिल्मको बिहीवार फर्स्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरियो । यस वर्षको चैत्र १८ गतेबाट फिल्म प्रदर्शनमा आउने वितरक करण श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा फिल्म बन्ने भएको छ । मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा एन्जिलाको पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राष्ट्रिय फुटबल टोलीको गोलकिपरसम्मको यात्रालाई देखाइनेछ । उनले आफ्नो खेल जीवनमा गरेको संघर्ष र हासिल गरेको सफलता प्रेरणादायिक रहेकाले फिल्म बनाउने लागेको चाम्सले बताए ।

