Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6289 - 6294 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-11-18, बिहिवार
एजेन्सी, मुम्बई, 2021-11-17, बुधवार

बलिउड सुपरस्टार सलमान खानसँग पहिलो पटक अभिनेता आयुष शर्माले फिल्म ‘अन्तिम : द फाइन ट्रूथ’ मा एकसाथ काम गरेका छन् । आयुष, सलमानका ज्वाईं हुन् । यसअघि उनलाई सलमानले फिल्म ‘लभयात्री’ बाट नायकको रुपमा डेब्यू गराएका थिए । अब उनीहरु एकसाथ पर्दामा देखिने तयारीमा छन् । तर, आयुषले ‘अन्तिम’ मा सलमानसँग काम गर्न चाहेका थिएनन् ।

फिल्मीखबर, काठमाडौं, 2021-11-17, बुधवार

हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न नेपाली निर्माताहरुबीच ठूलै रस्साकस्सी हुने गरेको छ । दशैंमा लामो विदा हुने भएकाले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माताहरुमा छ । यसैले हरेक निर्माता दशैंमै फिल्म लगाउन चाहन्छन् । तर, कोरोनाका कारण गत दशैंमा फिल्मै रिलिज भएनन् । यसपटकको दशैंमा फिल्म ‘डाँडाको वर पीपल’ रिलिज भए पनि दर्शकले पत्याएनन् ।

फिल्मीखबर, काठमाडौं, 2021-11-17, बुधवार
श्रीमान् ऋषि धमलाले निर्माण गरेको फिल्म ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी एलिजा गौतमलाई पहिलो गाँसमै ढुंगा लाग्यो । यो फिल्म पत्तासाफ भएपछि उनलाई लिएर फिल्म बनाउन कोही मेकर तयार भएनन् । कोरोना महामारीको समयमा भने उनी म्यूजिक भिडियोमा जमिन् । पल शाहदेखि पुष्प खड्कासम्म उनले म्यूजिक भिडियोमा अनस्क्रिन रोमान्स गरिसकेकी छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2021-11-17, बुधवार

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ को यतिबेला डोल्पा क्षेत्रमा छायांकन भइरहेको छ । तिहारलगत्तै फिल्मको छायांकन सुरु भएको थियो । अहिलेसम्म फिल्मको ३५ प्रतिशत छायांकन सकिएको निर्देशक लक्ष्मण सुनारले जानकारी दिए । फिल्ममा सुरक्षासँगै नरेन खड्का, बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्री लगायतको पनि मुख्य भूमिका रहेको छ ।

एजेन्सी, मुम्बई, 2021-11-16, मंगलवार

यशराज ब्यानरको नयाँ फिल्म ‘बन्टी और बबली २’ रिलिजको मुखमा छ । जसमा सैफ अली खान र रानी मुखर्जी लिड रोलमा छन् । यो फिल्म २००५ मा आएको ‘बन्टी और बबली’ को सिक्वेल हो । यसमा रानी मुखर्जी र अभिषेक बच्चनको अभिनय थियो । तर, सिक्वेलमा अभिषेकको ठाउँ सैफले लिए । आदित्य चोपडासँगको झगडाले गर्दा फिल्मको सिक्वेलमा अभिषेक नअटेको बताइन्छ ।

Results : 6289 - 6294 of 23769
Most Visited News (monthly)