Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6301 - 6306 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-11-14, आईतवार

अभिनेत्री मलिका महतले फिल्म ‘सत्यम्’ मा काम नगर्ने भएकी छन् । पढाईका कारण फिल्मलाई समय दिन नसक्ने भएपछि उनी फिल्मबाट बाहिरिएकी हुन् । उनको स्थानमा निर्माण टिमले अभिनेत्री उपासना सिंह ठकुरीलाई अनुबन्ध गरेको छ । उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् । उनीहरुलाई पहिलो पटक ठूलो पर्दामा एकसाथ हेर्न दर्शकलाई रोचक हुने देखिन्छ ।

एजेन्सी, मुम्बई, 2021-11-14, आईतवार

बलिउड अभिनेत्री रकुल प्रीत सिंह एक फिल्मलाई लिएर यतिबेला निकै चर्चामा छिन्, जसको नाम हो ‘छतरीवाली’ । यो फिल्ममा उनी अहिलेसम्मकै बोल्ड भूमिकामा देखिँदैछिन् । हाल लखनऊमा छायांकन भइरहेको फिल्ममा उनी कन्डम टेस्टरको भूमिकामा छिन् । शनिवार निर्माण टिमले रकुलको फर्स्टलुक सार्वजनिक गरेको छ, जसमा उनको हातमा कन्डमको प्याकेट देख्न सकिन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-11-14, आईतवार

चलचित्र निर्देशक समाजको संयोजनमा आगामी मंसिर १ गतेदेखि ७ गतेसम्म आयोजना हुन लागेको ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम’ मा सुपरस्टार निखिल उप्रेतीले अभिनयबारे ‘मास्टर क्लास’ दिने भएका छन् । उनीसँगै कलाकार अनुप बरालले पनि अभिनयको प्रशिक्षण दिनेछन् । यो कार्यक्रम निजगढस्थित तारा इन होटलमा एक हप्तासम्म सञ्चालन हुनेछ ।

मनिष अन्जान, काठमाडौं, 2021-11-14, आईतवार

फिल्म होस् वा गीत-संगीत, गतिलो प्रचार-प्रसार गरिएन भने चल्दैन । यसका लागि निर्माताहरुले आफ्ना सामाग्रीलाई दर्शकसम्म पुर्‍याउन मिडियाको साहरा लिने गर्दछन् । जसका लागि पत्रकार सम्मेलनको आयोजना गरिन्छ । केही वर्ष अगाडिसम्म फिल्मका मात्र पत्रकार सम्मेलन हुन्थे । अचेल फिल्मभन्दा ज्यादा म्यूजिक भिडियोको सार्वजनिक गर्न पत्रकार सम्मेलन हुने गरेको पाइन्छ ।

फिल्मीखबर, काठमाडौं, 2021-11-13, शनिवार

अमेरिकामा निर्माण भएको फिल्म ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर १७ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । सुमन पौडेल निर्देशित फिल्ममा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भूमिका रहेको छ । 

एजेन्सी, मुम्बई, 2021-11-13, शनिवार

बलिउड सुपरस्टार अक्षय कुमार र कटरीना कैफ स्टारर फिल्म ‘सूर्यवंशी’ ले यो सावित गरेको छ कि चाहे जे सुकै होस् थिएटरप्रति दर्शकको आकर्षण कम हुँदैन । कोरोनाका कारण दुई वर्ष अड्किएको यो फिल्मले यतिबेला बक्सअफिसमा सानदार कमाई गरिरहेको छ । प्रदर्शनको पाँच दिनमै सय करोड कमाउन सफल भएको फिल्म अब डेढ करोडको रफ्तारमा अघि बढेको छ ।

Results : 6301 - 6306 of 23769
Most Visited News (monthly)