Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6313 - 6318 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2021-11-11, बिहिवार

नेपाली कलाकारहरुले छेपारोले रंग फेरेभन्दा पनि चाँडो बोली फेर्ने गरेका छन् । आज बोलेको कुरा भोलीपल्टै आफूले त्यो बोलेकै छैन भन्दै अरुलाई गलत बनाउन उनीहरु हर सीमा नाघ्न तयार हुन्छन् । यसैले त भनिन्छ, ‘कलाकारको बोलीमा भर र विश्वास गर्नु भएको आफैं मुर्ख हुनु हो ।’ न उनीहरु आफूले बोलेको कुरामा थिर भएर बस्न सक्छन् न त बोलेको कुरा व्यवहारमै लागू गर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-11-11, बिहिवार
फिल्मीखबर, काठमाडौं, 2021-11-10, बुधवार

हिन्दूको महान् चाडको रूपमा मनाइने दसैं र तिहारपछिको अर्को चाड छठ पर्व आज तराई लगायतका क्षेत्रमा मनाइँदै छ । आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर पूजापाठ गरिएको छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा सकिन्छ । नेपालका विभिन्न ठाउँका नदी, खोला, पोखरी र जलाशयहरुमा छठ पूजा गर्नेहरुको ठूलो भीड लागेको छ । 

एजेन्सी, मुम्बई, 2021-11-10, बुधवार

दिपावलीलाई लक्षित गर्दै कार्तिक १९ गतेबाट प्रदर्शनमा आएको बलिउडको मल्टीस्टारर फिल्म ‘सूर्यवंशी’ ले भारतसँगै विश्वभर जबरजस्त कमाई गरिरहेको छ । भारतीय बक्सअफिसमा त फिल्मले कमाईको मामलामा रेकर्ड नै बनाएको छ । २६ करोड २९ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको फिल्मले प्रदर्शनको पाँच दिनमा सय करोडको आँकडा पार गर्न सफल भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-11-10, बुधवार

कोरोना महामारीका कारण करीब २ वर्ष ठप्प रहेको नेपाली फिल्म क्षेत्र तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंसी’ ले चलायमान बनाएको छ । फिल्मकर्मीहरुमा पनि मनोबल बढेको छ । यो फिल्मले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरुले आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । सोमवार ‘चपली हाइट ३’ ले पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2021-11-10, बुधवार

नाटक हुँदै फिल्ममा फड्को मारेका नायक कर्मा शाक्यले अभिनयमा आफूलाई प्रमाणित गरिसकेका छन् । फिल्म ‘सानो संसार’ बाट नायकको रुपमा डेब्यू गरेका उनलाई फिल्म ‘लुट’ ले लाइमलाइटमा ल्याएको थियो । ‘सानो संसार, रेशम फिलिली, भिसा गर्ल, लभ सासा’ उनका सम्झनलायक फिल्म हुन् । दर्शकले उनलाई विशेषगरी लभर ब्वाईको भूमिकामा रुचाउने गरेका छन् ।

Results : 6313 - 6318 of 23769
Most Visited News (monthly)