Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6277 - 6282 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-11-21, आईतवार

नयाँ छिमलकी चर्चित गायिका प्रविशा अधिकारीले विवाह गरेकी छन् । झापा जिल्लाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग उनले लगनगाँठो कसेकी हुन् । आइतवार झापाको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भइरहेको छ । विवाहमा संगीत क्षेत्रका व्यक्तिहरुको उपस्थिति न्यून रहेको जानकारी प्राप्त छ । विवाह गर्नुभन्दा तीन दिनअघि प्रविशा र निर्माणले औंठी साटेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-11-21, आईतवार

२०७५ सालमा सिनेमा घरमा प्रदर्शनमा आएको फिल्म ‘लम्फू’ करीब चार वर्षपछि यूट्युबमा सार्वजनिक भएको छ । यसै साता हाइलाइट्स नेपालको यूट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले उत्कृष्ट प्रतिक्रियासहित यूट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको छ । दुई दिनदेखि फिल्मले यूट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आफूलाई सुरक्षित राखेको छ । पहिलो नम्बरमा भने फिल्म ‘यात्रा’ छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-11-21, आईतवार

आफू अभिनीत पहिलो फिल्म ‘अनुराग’ मा नव-नायक समुन्द्र पण्डितसँँग अनस्क्रिन रोमान्स गरेकी अभिनेत्री एलिजा गौतमको दोस्रो फिल्म ‘घुँइचो’ मा पनि नव-नायकसँग जोडी बाँधिने भएको छ । यो फिल्ममा उनको अपोजिटमा मोडल कुन्साङ बोम्जन देखिने भएका हुन् । कुन्साङसँग निर्माण टिमले कागजी सम्झौता गरिसकेको गोप्य स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ ।

एजेन्सी, मुम्बई, 2021-11-20, शनिवार

आउँदो वर्ष २०२२ मा भारतका दुई ठूला फिल्म एकै मितिमा भिड्ने भएका छन् । २०२२ को अप्रिल १४ (नेपाली नयाँ वर्ष बैशाख १) मा बलिउडको बहुप्रतिक्षीत फिल्म ‘लाल सिंह चड्ढा’ र साउथको ‘केजीएफ २’ बक्सअफिसमा एकअर्कासँग भिड्न लागेका हुन् । ट्रेड एनालिस्ट तरण आदर्शले यी दुई फिल्मको भिडन्त २०२२ को सबैभन्दा ठूलो हुने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-11-20, शनिवार

अभिनेत्री स्वस्तिमा खड्का अभिनीत नयाँ फिल्म ‘चपली हाइट ३’ आगामी पुष २ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । निर्माण सकिएको दुई वर्षपछि प्रदर्शनमा आउन लागेको यो फिल्ममाथि धेरैको आशा अडिएको छ । तिहारमा रिलिज भएको बलिउड फिल्म सुर्यवंशी’ ले सिनेमा हलमा दर्शक फर्काएपछि नेपाली फिल्म हेर्न पनि दर्शक हलसम्म आउने फिल्मकर्मीहरुको अपेक्षा छ ।

फिल्मीखबर, काठमाडौं, 2021-11-19, शुक्रवार

निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार (आज) राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । २ मिनेट ३६ सेकेण्डको ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ । आगामी पुस २ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ । 

Results : 6277 - 6282 of 23769
Most Visited News (monthly)