Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रमोद खरेललाई फिल्म अफरको ओइरो

फिल्मीखबर, काठमाडौं, 2021/11/16
pramod kharel
 
युवापुस्तामा सर्वाधिक रुचाइएका गायकमा पर्दछन्, प्रमोद खरेल । ‘म विना पोखरामा’ गीतपछि दर्शकमाझ चिनिएका उनले एक हजारभन्दा बढी गीत गाइसकेका छन् । केही नेपाली फिल्मका गीतमा पनि उनको आवाज सुन्न सकिन्छ । डेढ दशक अगाडि डाक्टर बन्न झापाबाट काठमाडौं आएका उनलाई समयको चक्रले गायक बनायो । उनी बाल्यकालमा भने कलाकार हुन चाहन्थे । 
 
बाल्यकालमा फिल्म भनेपछि हुरुक्कै हुने उनी हलमा फिल्म हेर्दा भान्सा, यातायात, सम्पादन, ध्वनी, ब्यानर, प्रस्तुतकर्तासम्मको नाम कन्ठ पार्थे । ‘बाल कलाकार हुन पाउँ‘ भनेर उनले तत्कालीन शाही चलचित्र संस्थानलाई चिठी समेत पठाएका थिए । तर, ठेगाना नमिलेकाले चिठी महिना दिनमै उनको हातमा आइपुग्यो । त्यसपछि उनले फिल्मको कलाकार बन्ने सपना नै पाल्न छाडे । 
 
गायकको रुपमा स्थापित भएपछि भने उनलाई फिल्मबाट बाक्लै अफर आए र आइरहेका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले अहिलेसम्म आफूले ६/७ वटा फिल्मको स्क्रिप्ट पढेको तर कुनैबाट चित्त नबुझेको बताए । उनी आफूलाई सुहाउने खालको स्क्रिप्टबाट अफर आएको अवस्थामा फिल्ममा काम गर्ने बताउँछन् । तर, उनलाई कमिर्शयल फिल्ममा काम गर्ने इच्छा नै छैन । 
 
उनी भन्छन्, ‘त्यो स्क्रिप्टले प्रमोद खरेल मात्र खोज्यो भने फिल्म गर्छु । तर, बजारमा देखिरहेका कमर्शियल फिल्म भने मबाट हुँदैन । समाजलाई सन्देश दिन खालको फिल्म हुनुपर्छ । तर, अभिनय मेरो क्षेत्र होइन । अब मेरो कर्म क्षेत्र नै संगीत हो ।’ बाल्यकालमा फिल्मको कलाकार हुन नपाएको आफ्नो तुस बेला बखतमा म्यूजिक भिडियोमा अभिनय गरेर पोख्ने गरेको प्रमोदको भनाई छ । 
Most Visited News (monthly)