Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आरआरआर’ सँग नभिड्ने भयो आलियाको ‘गंगूबाई काठियावाडी’

एजेन्सी, मुम्बई, 2021/11/15
RRR vs Gangubai Kathiawadi: Alia Bhatt's two films to clash at the BO? -  Box Office Worldwide
 
एकपटक फेरि सञ्जय लीला भंसाली निर्देशित फिल्म ‘गंगूबाई काठियावाडी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आलिया भट्ट स्टारर यो फिल्म अब २०२२ को फेब्रअरी १८ बाट प्रदर्शनमा आउनेछ । पहिला जनवरी ६ तारिखमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, जनवरी ७ मा फिल्म ‘आरआरआर’ आउने भएपछि निर्देशक भंसालीले फिल्मको प्रदर्शन मिति परिवर्तन गरेका हुन् ।
 
एसएस राजामौली निर्देशित ‘आरआरआर’ र भंसालीको ‘गंगूबाई काठियावाडी’ दुवैमा आलियाको मुख्य भूमिका छ । दुवै फिल्म एकसाथ रिलिज हुँदा आलियाको बक्सअफिसमा आफैंसँग भिडन्त हुनेछ । यसैका कारण भंसालीले आफ्नो फिल्मको रिलिज डेट एक महिना पछाडि धकलेका हुन् । ‘गंगूबाई काठियावाडी’ को ट्रेलरमा दर्शकले आलियाको अभिनयको निकै प्रशंसा गरेका थिए ।
 
फिल्ममा आलिया भट्टसँगै अभिनेता अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । निर्देशक भंसाली र देवगनले करीब २२ वर्षपछि एकसाथ काम गरेका हुन् । ‘गंगूबाई काठियावाडी’ को कहानी कामाठीपुरामा एक वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनमा आधारित छ । मुम्बईका हुसेन जैदीद्वारा लिखित ‘माफिया क्विन्स’ किताबको एक अध्यायलाई फिल्ममा उतारिएको छ ।
Most Visited News (monthly)