Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मह’ जोडीसँगको फिल्म सुरु गर्ने तयारीमा प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2021/11/16
 
सफल फिल्म निर्देशनमा ह्याट्रिक गरेका प्रदीप भट्टराई फिल्म ‘जात्रै जात्रा’ पछि निर्देशनमा फर्किएका छैनन् । २०७६ सालमा उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) सँग सहकार्य गर्न लागेको नयाँ फिल्मको घोषणा गरिएको थियो । २०७७ सालको कात्तिक ७ गते (फूलपाती) लाई प्रदर्शन मिति समेत तोकिएको थियो । तर, कोरोना महामारीका कारण फिल्म निर्माण हुन सकेन ।
 
अब भने निर्देशक भट्टराई उक्त फिल्मको काम सुरु गर्ने तयारीमा लागेका छन् । आउँदो दुई हप्ताभित्र फिल्मको निर्माण घोषणाको कार्यक्रम गरेर माघको अन्तिम साताबाट छायांकन सुरु हुनसक्ने उनले बताए । घोषणा सभामै नाम सार्वजनिक गरिने फिल्ममा मदनकृष्ण र हरिवंश मुख्य भूमिकामा रहनेछन् । फिल्ममा अहिलेका चल्तीका कलाकाहरुको पनि अभिनय रहने बताइएको छ । 
 
निर्देशक भट्टराई भन्छन्, ‘फिल्मको कथा नै युवापुस्तामाथि छ । त्यसैले फिल्ममा अहिलेका कलाकारहरुको पनि अभिनय रहन्छ । कलाकारको नाम भने घोषणा सभामा सार्वजनिक गर्ने तयारीमा छौं । फिल्मका लागि प्रायः सबै कलाकार फाइनल भइसकेका छन् ।’ यस फिल्ममा मह जोडीसँगै निर्देशक भट्टराई र ‘जात्रा’ निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँको संयुक्त लगानी रहनेछ ।
 
यसअघि प्रदीपले मह जोडीलाई फिल्म ‘शत्रु गते’ मा निर्देशन गरेका थिए । फिल्ममा आउनुअघि प्रदीपले मह सञ्चारमा लामो समय काम गरेका थिए । त्यहीँबाट निर्देशनको ज्ञान र अनुभव बटुलेका उनलाई पहिलो फिल्म ‘जात्रा’ ले निर्देशनमा स्थापित गरेको थियो । उनी निर्देशित तीनै फिल्म ब्लकबस्टर भएका थिए । उनले आफूले निर्देशन गर्ने हरेक फिल्मको कथा आफैंले लेख्ने गरेका छन् । 
Most Visited News (monthly)