
सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो फागुन २७ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गरायो । बेलायतमा ४५ दिनसम्म छायांकन भएको फिल्मको गत फागुनमा दुबईमा एक गीत र केही सिनहरु खिचिएको थियो । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

२०७६ सालको माघमा निर्देशक सुब्रतराज आचार्यले आफ्नो तेस्रो प्रोजेक्ट ‘के घर के डेरा’ को घोषणा गरेका थिए । सोही वर्षको चैतबाट फिल्मको छायांकन सुरु गर्ने उनको तयारी थियो । तर, छायांकनमा निस्कने समयमा देश कोरोना महामारीको चपेटामा पर्यो । कोरोनाका कारण करीब २ वर्ष फिल्म निर्माण गर्ने वातावरण बन्न सकेको थिएन । अब भने निर्माताहरु तात्न थालेका छन् ।

नेपालीहरुमाझ निकै लोकप्रिय बनेको टिकटकप्रति कलाकारहरुको आकर्षण पनि बढ्दो छ । पूजा शर्मा, आकाश श्रेष्ठ, पल शाह, आँचल शर्मा, वर्षा सिवाकोटी, करिश्मा मानन्धर, प्रियंका कार्की, वर्षा राउत लगायतका कलाकारहरु टिकटकमा निकै सक्रिय रहने गरेका छन् । लकडाउनको समयमा त आम मानिसझैँ सेलिब्रेटीहरुको समेत दिन काट्ने साथी टिकटक एप बनेको थियो ।

कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उठाउन भारतको सिक्किम सरकारले सिक्किमका ५० प्रतिशत कलाकार लिएर त्यहीँ ७५ प्रतिशत छायांकन गर्ने विदेशी फिल्मलाई भारु एक करोड रुपैयाँ अनुदान दिँदैछ । भारतको एक करोड नेपालमा एक करोड ६० लाख हुन आउँछ । यो रकममा नाम चलेका कलाकारलाई राखेर नेपाली फिल्म बनाउँदा पनि वालछ्याल हुन्छ ।

बलिउडमा निर्देशक रोहित शेट्टीले आफ्नो बलियो साम्राज्य बनाएका छन् । १७ वर्षको उमेरमा फिल्म ‘फूल और काटे’ मा सहायक निर्देशकको रुपमा आफ्नो करिअर सुरु गरेका उनले २००३ मा फिल्म ‘जमीन’ बाट निर्देशकको रुपमा डेब्यू गरेका थिए । तर, पहिलो फिल्मबाट उनले सफलता पाउन सकेनन् । २००६ मा आएको फिल्म ‘गोलमाल’ ले भने उनलाई एकाएक चर्चामा ल्यायो ।

पछिल्लो समय नेपालमा लोकप्रिय बनेको टिकटकबाट सेलिब्रेटीहरु पनि अछुतो रहन सकेका छैनन् । दर्शकले हलमा गएर हेर्ने कलाकारहरु अहिले टिकटकमा छ्यापछ्याप्ती भेटिन्छन् । जसले गर्दा कलाकारप्रति दर्शकको चासो घट्दै गएको छ । घरमै बसेर कुनै पनि कलाकारको अभिनय टिकटकमा सित्तैमा हेर्न पाइन्छ भने दर्शकहरु किन हलसम्म जाने ? यो अहिलेको गम्भीर प्रश्न हो ।

