Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जीवनदाता’ का तीन नायकको जम्काभेट, फेरि होला सहकार्य ?

फिल्मीखबर, काठमाडौं, 2021/11/28
biraj bhatta, ramit dhungana and rajesh dhungana
 
एक समय एक्सन भूमिकामा निकै जमेका नायक हुन्, विराज भट्ट र रमित ढुंगाना । करिअरको सुरुवात नै एकै समयमा भएकाले उनीहरुले एकसाथ फिल्ममा काम गर्ने अवसर पनि पाए । ‘देवर बाबु, दुर्गा, ट्याक्सी ड्राइभर, हिम्मत’ लगायत उनीहरुका सफल फिल्म हुन् । करिअरको उत्कर्षमा रहँदा समेत एकअर्कासँग राम्रो सम्बन्ध रहेका उनीहरुबीच अहिले पनि उस्तै राम्रो सम्बन्ध छ । 
 
काठमाडौंमा रहँदा विराज र रमितबीच प्रायः भेटघाट भइरहेको हुन्छ । दुवैको एकअर्काको परिवारसँग पनि उतिक्कै राम्रो सम्बन्ध रहेको बताइन्छ । तर, विगत एक दशकभन्दा लामो समयदेखि उनीहरुलाई दर्शकले एकसाथ ठूलो पर्दामा हेर्न पाएका छैनन् । पछिल्लो समय विराज नेपालीभन्दा भोजपुरी फिल्ममा बढी व्यस्त छन् भने रमितले त फिल्ममा काम नगरेकै वर्षौ भइसकेको छ । 
 
दर्शकहरुले विराज र रमितलाई फेरि फिल्ममा हेर्ने इच्छा व्यक्त गरिरहेको अवस्थामा शुक्रवार इटहरी (सुनसरी) मा उनीहरुको जम्काभेट भएको छ । दुई हप्तादेखि एक भोजपुरी फिल्मको छायांकनका लागि नेपालमा रहेका विराजसँग रमित र उनका दाई तथा नायक राजेश ढुंगानाको भेट भएको हो । उनीहरु तिनै जनाले सुपरहिट फिल्म ‘जीवनदाता’ मा एकसाथ काम गरेका थिए । 
 
विराज र राजेशको काँधमाथि हात राखेको तस्विर फेसबुकमा पोस्ट गर्दै रमितले क्याप्सनमा ‘जीवनदाता’ लेखेका छन् । यो भेटले उनीहरुलाई फिल्ममा सँगै काम गर्दाको क्षण स्मरण गराएको हुनसक्छ । रमितको फेसबुक पोस्टमा प्रायःले ‘जीवनदाता २’ लिएर आउन आग्रह गरेका छन् । उक्त भेटमा उनीहरुबीच फेरि फिल्ममा सहकार्य गर्ने विषयमा कुरा पनि भएको जानकारी प्राप्त छ । 
Most Visited News (monthly)